
पोखरा स्पोर्टस । सुर्य तारा क्लब (पोखरा) गण्डकी नेपालले पहिलो पटक आयोजना गरेको भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि तुलाचन फुटबल क्लवले जितेको छ ।

आइतवार पोखरा २७ लेखनाथस्थित काइट्स स्पोर्टसमा भएको फाइनल खेलमा पोखरा १४ चाउथे (सि–१४)लाई ७–२ गोल अन्तरले पराजित गर्दै तुलाचन क्लवले उपाधि जितेको हो ।
उपाधि सङ्गै तुलाचन क्लवले नगद ३३ हजार ३ सय ३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बन्न सफल चाउथे सि–१४ ले नगद २२ हजार २ सय २२ का साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको सूर्य तारा युवा क्लवका अध्यक्ष विष्णु पुनले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
यसै गरी प्रतियोगितामा तुलचान फुटबल क्लबका खेलाडी निश्चल तुलाचन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन भने चाउथे सि १४ का सुबिन श्रेष्ठ सर्बाधिक गोलकर्ता भएका छन । यसै गरि चीन फुटसल दिप अनुशासित टिम घोषित भएको छ । उनीहरुले समान नगद २–२ हजार प्राप्त गरे ।
प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझा, पोखरा २९ का अध्यक्ष चेत ब गुरुङ, पोखरा ३० का अध्यक्ष श्रीराम पोखरेल, पोखरा ३३ का अध्यक्ष शिब प्रसाद आचार्य, रुपा गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत सन्तोस ढुंगाना, क्लवका अध्यक्ष तथा प्रतियोगिताका संयोजक विष्णु पुन लगायतले नगद, शिल्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।
पुष ३ र ४ गते गरी दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितालाई औधोगिक क्षेत्रस्थित पोखरा काष्ठ उद्योगले मुख्य प्रायोजन गरेको थियो भने सह प्रायोजकको रुपमा उत्तम आयल स्टोर्स रहेको थियो । यस बाहेक प्रतियोगिता सफल बनाउन एक दर्जन संघ–संस्थाले समेत प्रायोजन गरेका थिए ।
