काठमाडौं ब्यायाम मन्दिरद्वारा खेल संचारकर्मी सम्मानित

पोखरा स्पोर्टस । ब्यायामको सवैभन्दा पुराने संस्था नेपाल ब्यायाम मन्दिरले खेल संचारकर्मीहरुलाई सम्मान गरेको छ ।

आफ्नो २१ औं बार्षिक साधारण सभाको अवसरमा ब्यायाम मन्दिरले बि.बि.सीका बरिष्ठ खेल पत्रकार निरञ्जन राजबंशी, ग्यालेक्सी जी ४ की खेल पत्रकार सरिता श्रेष्ठ, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता एवं पत्रकार प्रज्वल शाक्य र राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतलाई सम्मान गरेको हो ।

ब्यायाम मन्दिरले लामो समय देखि पत्रकारीता मार्फत खेलकुदको विकास र विस्तारमा योगदान गर्नुका साथै आफ्नो लेख तथा कार्यक्रम मार्फत नेपाल ब्यायाम मन्दिर तथा ब्यायाम मन्दिरले आयोजना गर्ने नेपालकै सम्मानित र पुरानो प्रतियोगिता मि. धर्मश्रीको प्रचार प्रसारमा योगदान गरेबापत सम्मान गरेको हो । सम्मानित ब्यक्तित्वहरुलाई ब्यायाम मन्दिरले नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । ब्यायाम मन्दिरले अघिल्लो बर्षदेखि पत्रकारहरुलाई पनि सम्मान गर्ने संस्कारको विकास गरेको छ ।

यस्तै सोहि कार्यक्रममा शारीरिक सुगठन तथा ब्यायाम मन्दिरको बिकास र विस्तारमा लामो समय देखि योगदान पु¥याउँदै आएका संस्थाका पूर्व अध्यक्षहरु घनश्याम मुखिया र सरोज श्रेष्ठलाई लाईभ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो । उनीहरुलाई नगद ५५ हजार ५ सय ५५ नगद सहित सम्मान पत्रबाट सम्मान गरिएको हो । सम्मानित ब्यक्तित्वहरुले आफुले प्राप्त नगद सम्मानको २० प्रतिशत रकम ब्यायाम मन्दिरले स्थापना गरेको अक्षय कोषलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

यलो पगोडामा आयोजना भएको कार्यक्रममा संस्थाले सन्तती सम्मान बाट ब्यायाम मन्दिरका सदस्य रत्न मानन्धरका सुपुत्र साजन मानन्धर र सह कोषाध्यक्ष नरेश पोडेका सुपुत्री नमिता पुजारीलाई पनि नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।

यसै गरि साधारण सदस्यहरु मध्येबाट संस्थाका पूर्व अध्यक्ष, मि. नेपाल एवं अन्तराष्ट्रिय निर्णायक उदय बहादुर श्रेष्ठलाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरेको हो । यस्तै संस्थाका सचिव हरिश श्रेष्ठ र राम महर्जनलाई नगद २० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । ब्यायाम मन्दिरले आफ्नो कार्यक्रममा सदा सहयोग गर्ने संस्था एमआई मोवाईलका कार्यकारी निर्देशक संजय अग्रवाललाई पनि सम्मान गरेका थियो ।

सम्मानितहरुलाई प्रमुख अतिथी काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, बिशेष अतिथी राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव, बागमति प्रदेशका माननिय साँसद एवं पूर्व मन्त्री केशव स्थापित, वडा अध्यक्ष चिनियामान बज्राचार्य तथा नेपाल ब्यायाम मन्दिर सल्लाहकार समितिका संयोजक एवं पूर्व मि. नेपाल शिवलाल श्रेष्ठले सम्मान पत्र तथा पुरस्कारले सम्मान गरेका थिए ।

सो अवसरमा बार्षिक साधारण सभाले ब्यायाम मन्दिरको बार्षिक कार्यक्रम, अध्यक्ष नारायण प्रधानद्वारा प्रस्तुत कार्यपत्र, महासचिव सूर्य जोशीद्वारा प्रस्तुत प्रगती बिवरण तथा कोषाध्यक्ष प्रशान्त श्रेष्ठद्वारा प्रस्तुत आयब्ययलाई अनुमोदन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close