पोखरा काष्ठ उद्योग सुर्य तारा भेट्रान्स कप फुटसलको मुख्य प्रायोजक

पोखरा स्पोर्टस । सुर्य तारा क्लब (पोखरा) गण्डकी नेपालले पहिलो पटक आयोजना गरेको भेट्रान्स फुटसल प्रतियोगिताको तयारी तिव्र पारे संगै मुख्य प्रायोजक संस्था समेत पाएको छ ।

पोखरा २७ लेखनाथस्थित काइट्स स्पोर्टसमा यहि २०७८ पौष ३ र ४ गते आयोजना हुने प्रतियोगितालाई औधोगिक क्षेत्रस्थित पोखरा काष्ठ उद्योगले मुख्य प्रायोजन गर्ने भएको हो । प्रतियोगिताका संयोजक एवम क्लवका अध्यक्ष विष्णु पुनले प्रतियोगिताको तयारी तिव्र पारिएको जनाउँदै टिम दर्ता प्रक्रिया अघि बढिरहेको बताए । उनले भने–“अहिले धेरै टिमहरु दर्ताका लागि आएका छन्, प्रतियोगितामा २० देखि २२ टिमको सहभागिताको अपेक्षा गरेका छौं ।”

प्रतियोगितालाई सफल बनाउन सह प्रायोजकको रुपमा उत्तम आयल स्टोर्स रहने छ भने पोखरा महानगर पालिका, कुश्मा नगर पालिका पर्वत, कास्कीको मादी र रुपा गाउँपालिका, स्याङजाका पुतली बजार नगर पालिका, हरिनाश गाउँ पालिका, विरुवा र आँधिखोला गाउँ पालिका, लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ सामुदायिक सेवा केन्द्र, लेखनाथ खानेपानी उपभोक्ता संस्था, सेभेन लेक कृषी सहकारी लगायत एक दर्जन संघ संस्थाहरुले सहयोग गर्ने भएकोे अध्यक्ष पुनले जनाएका छन् ।

प्रतियोगिता सफल बनाउन अध्यक्ष पुनको सयोजकत्वमा ८५ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ भने प्रतियोगिताको तयारीलाई तिव्रता दिन विविध उपसमिति गठन गरीएको छ ।

३० बर्ष माथिका खेलाडी सहभागी हुन पाउने उक्त प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुन पाउने छ्न् । प्रतियोगितामा ३० वर्षका माथीको नेपाली नागरिक कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भेट्रान्स खेलाडीले खेल्न पाउने अध्यक्ष पुनले जानकारी दिए ।

प्रतियोगितामा २० देखि २२ टिमको सहभागितको अपेक्षा गरिएको जानकारी दिंदै अध्यक्ष पुनले उपाधी विजेता टिमले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ का साथमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार, सर्वाधिक गोलकर्तालाई समान नगद रु २ हजार र फेयर प्ले टिमलाई नगद ३ हजार प्रदान गरिने छ । टिम दर्ताका लागि यहि पुष १ गते सम्मका लागि समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close