राष्ट्रव्यापी खुला स्नुकर : दीपक प्रिक्वाटरफाइनलमा

काठमाडौं सम्वाददाता । एनआरटीका दीपक मगर प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा दीपकले ब्रेक प्वाइन्टका उमेश शर्मालाई ४–० को फ्रेममा सहजै पराजित गरे ।

त्यस्तै एस स्नुकरका सक्षम श्रेष्ठले सन्दिप मगरलाई ४–३, माउन्ट एभरेष्टका कृतेश ज्ञवालीले बुटवलका शिशिर गुरुङलाई ४–३, फस्ट ब्रेकका अमन कार्कीले कुँवेर ट्रष्टका सञ्जयकुमार मुल्मीलाई ४–१, अजिमाका फुरी शेर्पाले ब्रेक प्वाइन्टका रविन्द्र विष्टलाई ४–२, पाल्पाका कुनाल श्रेष्ठले एनआरटीका राजु केसीलाई ४–०, एसका मिलन लामाले एरिना १४७ का सुमन थापालाई ४–३ तथा कोटेज बेम्बुका राजन गुरुङले विराटनगरका शाहरुख अन्सारीलाई ४–० को फ्रेममा हराए । विजेता सबैले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close