पोखरा २२ उल्लेरी कपको उपाधि एमेन्डा क्लवले जित्यो

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं २२ उल्लेरीमा सञ्चालित “उल्लेरी कप पोखरा २२ सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७८” को उपाधि लेखनाथ भण्डारढिकस्थित एमेन्डा यूवा क्लवले जितेको छ ।

शनिवार भएको फाइनल खेलमा पोखरा १७ स्थित घारी पाटन यूवा क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जिते संगै एमेन्डाले नगद ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसै गरी उपविजेता घारी पाटनले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात पार्‍ यो ।

स्थानिय उल्लेरी क्लवको आयोजनामा २०७८ साल मंसिर २२ देखि २५ गतेसम्म उल्लेरीस्थित ब्याडचौरमा भएके प्रतियोगतामा डेभिसफल यूवा क्लवले तेश्रो स्थान प्रप्त गर्दै नगद १० हजार हात पारेको छ । उसले माछापुच्छ्रेलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घारीपाटनका आशिष कुंवर, उत्कृष्ट गोलरक्षक एमेन्डा यूवा क्लवका रोशन क्षेत्री घोषित भएका छन् ।

क्लबले राष्ट्रको फुटबल खेलको विकास, खेलाडीको स्तर वृद्धि तथा आपसमा भाइचारा सम्बन्ध बढाउने उद्देश्यले उल्लेरीमा पहिलो पटक आयोजना गरेको उक्त प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।

विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, संविधान सभा सदस्य तुल बहादुर गुरुङ, अग्रज खेलकर्मी तथा नेपाल ओलम्पिक स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाट, महिला नेतृ रत्ना गुरुङ लगायतले नगद, मेडल तथा ट्रफी वितरण गरेका थिए ।

प्रतियोगितामा स्थानियहरुको उत्साहजनक सहभागिता रहेको थियो । कोरोना महामारीका कारण लामो समयसम्म थलिएको ग्रामीण पर्यटनसँगै समग्र पोखराको पर्यटन क्षेत्र प्रवरद्धनमा उक्त प्रतियोगिताले टेवा पुर्‍याउने स्थानियहरुले आशा गरेका छन् । समापन कार्यक्रममा समाजसेवी प्रा.डा.चन्द्र बहादुर गुरुङले उल्लेरीमा रहेको खेल मैदान थप निर्माणका लागि नगद ५० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close