
पोखरा स्पोर्टस । धनुषामा जारी प्रदेश स्तरिय महिला कवड्डीमा गण्डकी प्रदेश सेमीफाइनलमा प्रवेश गरेको छ ।
धनुषाको वोटेश्वर गाउँपालिकामा आयोजित प्रदेश स्तरिय कवड्डीमा गण्डकीले कर्णालीलाई जितेर सेमीफाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ५६–३६ अंकले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको कास्की जिल्ला कवड्डी संघका सह सचिव हरि जिशीले पोखरा स्पोर्टसलाई बताए । विहिवार भएको आफ्नो पहिलो खेलमा भने गण्डकी वागमती प्रदेश संग ५४–३३ ले पराजित भएको थियो ।
शनिवार हुने सेमीफाइनलमा गण्डकी प्रदेशले सुदुर पश्चिमको सामना गर्नेछ । प्रतियोगितामा सुदुर पश्चिमले उत्कृष्ट खेल पदर्शन गरेको सहसचिव जिशीले बताए । उनले भने–“अहिले सम्मको खेलमा सुदुर पश्चिमले राम्रो खेल पदर्शन गरेको छ , तर हामी फाइनलमा स्थान बनाउन प्रयास गर्नेछौं ।” यसै गरी बागमती र लुम्विनी अर्को सेमीफाइनलमा भिड्नेछन् ।
फायल फोटो
