टेनिस अवलोकन गर्न प्रदेश अर्थ मन्त्री बराल पोखरा रंगशालामा

पोखरा स्पोर्टस । पोखरामा जारी आइटिएफ टेनिस टुर जे ५ अवलोकन गर्न गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी बराल ‘जिवन’ पोखरा रंगशालामा पुगेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा भइरहेको उक्त प्रतियोगिताका अन्तर्गत जारी सेमीफाइनल खेल अवलोकनका लागि अर्थ मन्त्री बराल पोखरा रंगशाला पुगेका हुन । पोखरा रंगशालास्थित टेनिस कम्लेक्स पुगेका मन्त्री बराललाई प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ, संघका अध्यक्ष लोक बहादुर गुरुङ, नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष बिनोद कायस्थ लगायत कास्की टेनिस परिवारले स्वागत गरेको थियो ।

मन्त्री बरालले खेल अवलोकन गर्नुका साथै टेनिस पूर्वाधारहरुका बारेमा जानकारी समेत लिएका थिए । सो अवसरमा मन्त्री बरालले खेलकुद विकासका लागि निजी क्षेत्र सँगै हातेमालो गर्दै अघि बढ्ने बताए । उनले भने–“खेलकुद विकासका लागि निजी क्षेत्र अगाडी आउनु सुखद कुरा हो, तर राज्यले पनि उनीहरु संग हातेमालो गर्दै अघि वढेमा त्यसले सवैलाई जागरुकता बढाउने काम गर्छ ।” उनले खेलकुदको विकासले पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धी हासिल गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकोले पनि त्यसतर्फ प्रदेश सरकारले विशेष कार्यक्रम सहित अघि बढ्ने उनको भनाई थियो ।

सो अवसरमा मन्त्री बरालले पोखरा रंगशाला स्थित निमार्णधिन प्रदेश खेलकुद परिषदको भवन निरिक्षण गर्नुका साथै मुख्य रंगशाला लगायत अन्य पूर्वाधारहरुको बारेमा समेत जानकारी लिएका थिए । सो अवसरमा जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बाँनिया समेतको सहभागिता रहेको थियो ।

यूवा तथा खेलकुद मन्त्रालयका सचिव रंगशालामा

यसै विच नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले शुक्रबार पोखरा रंगशालाको निरिक्षण भ्रमण गरेका छन् । पोखरामा यूवा परिषदले आयोजना गरेको एक कार्यक्रमका लागि पोखरा आएका सचिव रेग्मीले पोखरा रंगशाला पुगेका थिए । सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुद पूर्वाधारहरुका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close