
पोखरा स्पोर्टस । पोखरामा जारी पोखरामा जारी आइटिएफ वर्ल्ड टेनिस टुर जे–५ सर्किट–२ अन्तर्गत गर्ल्सतर्फ नेपाली तिन जना खेलाडी सेमीफाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रंगशाला स्थित टेनिस कम्लेक्समा जारी प्रतियोगितामा जुनियरतर्फ नेपालकी नं १ वरियता खेलाडी अभिलाषा विष्ट, नं ३ वरियता खेलाडी सलोनी तामाङ र अर्की ५ औं वरियाताकी सर्भानी श्रेष्ठ सेमीफाइनल प्रवेश गरेका हुन् ।
जारी प्रतियोगितामा अभिलाषाले आफ्नै देशकी शुभाङ्गी लक्ष्मी शाहलाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरिन । उनी सेमीफाइनलमा सर्भानी श्रेष्ठ संग भिड्ने छिन । सर्भानीले अभिलाषा संग भेट पक्का गर्न भारतकी छैटौं वरियाताकी सौमरिता जगत देउ बर्मालाई ६–३, ६–४ को सोझो सेटमा पाखा लगाएकी हुन् । त्यस्तै सलोनीले भारतकी शुखमनी भण्डारीलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै भारतकी दोश्रो वरियातकी रिया दुगड सँग सेमीफाइनमा भिड्ने भएकी छन् । जारी प्रतियोगिताको सर्किट–१ मा सलोनी उपाधी विजेता समेत हुन् ।
यस्तै ब्वाइजतर्फ नेपालका छैटौं वरियाताका अर्यान गिरी अमेरिकाका तेश्रो वरियताका शिद्धार्थ लामा सँग पराजित भएका छन् । नेपालका अर्यानले शिदार्थ संग ६–१, ६–३ को सोझो सेटमा पराजय व्यहोरे । शिद्धार्थले सेमीफाइनलमा स्विडेनका आठौं वरियाताका इमिलियो जियलकोस्की संग भिड्ने छन् । जियोलले नेपालका नं १ वरियताका आरभ सम्राट हाडालाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेका थिए । ब्वाइजतर्फ नै लोरेन्ट ग्योरी (हङ्गेरी), मिथ्री व्यारोट (यूएसए) जारी खेलमा आ–आफ्नो खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै ब्वाइज डवल्सतर्फ भारतिय जोडी कविर छावरिया र दक्ष प्रसादको जोडी सेमीफाइनलमा स्थान बनाएको छ । उक्त जोडीले नेपाली/अमेरिकी सम्मिलित खेलाडी अर्यान गिरी र जय दत्तलाई पराजित गरेको हो । त्यस्तै अमेरिकी जोडी शिदार्थ लामा र मिथ्रे ब्यारोट समेत सेमीफाइनको यात्रा तय गरेका छन् । ब्वाइज डवल्समा रसियाका अमिर एसिलकोजेभ र हङ्गेरीका लरेन्ट ग्योरीको जोडी समेत सेमीफाइनलमा स्थान बनाएका छन् ।
यता गर्ल्स डवल्समा भएको सेमीफाइनलमा भारतिय जोडी नियती कुक्रेती र हाना नागपालको जोडी फाइनलमा प्रवेश गरेको छ । उक्त जोडीले आफ्नै देशको जोडी रिया दुगड र तनुश्री पाण्डे सँग फाइनलमा उत्रिने छ ।
जारी प्रतियोगितामा शुक्रबार गर्ल्सतर्फ डवल्सको फाइनल खेल सँगै ब्वाइज डवल्स र गर्ल्स/ब्वाइज सिंगल्सतर्फका सेमीफाइनल खेल हुने प्रतियोगिताका डाइरेक्टर अजय विष्टले जनाएका छन् ।
