
पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं २३ मा खेलकुद सहित विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक महोत्सव हुने भएका छ ।
चापाकोट देउरालीलाई होमस्टेको रुपमा प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । यहि पौष १ गते देखि ५ गते सम्म चापाकोट प्रवर्द्धन समितीको आयोजना तथा चापाकोट देउराली होम स्टेको सहआयोजनामा हुने भएको हो ।
उक्त महोत्सव अन्तर्गत परम्परागत घैंटो फुटाउने, रत्यौली, पन्चेबाजा, भजन प्रतियोगिता समेत समावेश गरिएको छ । लोकदोहोरी गायकहरुको समेत प्रस्तुती रहने उक्त कार्यक्रममा लोकल अर्गानिक खाना, लिङ्गे पिङ्ग लगायत अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमहरु तय गरिएको लोक गायक कृष्ण देवकोटाले जानकारी दिएका छन् ।
उक्त महोत्सव सम्पन्न गर्न कास्की जिल्ला खेलकुदका सचिव भिम पराजुलीको संयोजकत्वमा एक समिती गठन गरिएको छ भने उक्त महोत्सवको कार्यक्रम सञ्चालन वरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीले गर्नेछन् ।
उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न अमेरिकाको एटलान्टाबाट सामाजिक तथा व्यवसायिक व्यक्तित्वहरुले नगद १ लाख ४१ हजार सहयोग गरेका छन् । महोत्सवका लागि सहयोग गर्नेहरुमा कृष्ण देवकोटा, सिके पराजुली, राम पराजुली, ममता पराजुली, लक्ष्मण पराजुली र गणेश आचार्यले सहयोग गरेको अमेरिकाबाट लोक गायक देवकोटाले जानकारी दिएका छन् ।
पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण रहेको पोखरा २३ चापाकोटको प्रवर्द्धन हुन नसक्दा त्यसको समुचित लाभ स्थानियहरुले भने लिन सकेका छैनन ।
