१९ औं एसियाली खेलकुद करातेमा विप्लव पराजित

पोखरा स्पोर्टस । नेपाली कराते खेलाडी विप्लवलाल श्रेष्ठले चीनको हान्झाउमा जारी १९ औं एसियाडको करातेमा शुक्रबार कास्य पदक जित्नबाट चुकेका छन् ।

लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको पुरुष ८४ केजीमाथिको कास्य पदक भिडन्तमा विप्लव साउदी अरबियाका तारेग अली एम हामेदीसँग ९–१ ले पराजित भए ।

त्यसअघि १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी विप्लवले ताजिकिस्तानका उमेद साफारोभलाई १२–४ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । विप्लव क्वाटरफाइनलमा किर्गिस्तानका अलिदेत साडिकानोभसँग ५–१ ले पछि परे । विप्लवलाई हराएका साडिकानोभ फाइनल पुगेपछि विप्लपले रिपेचेज खेल्ने मौका पाए । रिपेचेजको पहिलो चरणमा बाई पाएका विप्लवले सोझै कास्य पदकका लागि खेल्ने अवसर पाएका हुन् ।

विप्लवका प्रतिद्वन्द्वी हामेदी ताम भने सेमिफाइनलसम्म पुगेका थिए तर किर्गिस्तानकै साडिकानोभसँग पराजित भएपछि फाइनल पुग्न असफल भए । फाइनल पुग्न नसकेपछि उनले कास्य पदकका लागि खेल्नु प¥यो ।

हामेदीले टोकियो ओलम्पिक– २०२० का रजत तथा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदका कास्य पदक विजेता हुन् ।

महिला ६१ क्ेजीमुनि नेपालकी निरुपा दोङ तामाङ बंगलादेशकी हुमाईरा अख्तर अन्तरासँग ५–१ ले चुकिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close