
पोखरा स्पोर्टस । पोखरामा जारी आइटिएफ वर्ल्ड टेनिस टुर जे ५ अन्तर्गत डबल्सतर्फ आरभ सम्राट हाडा र अकि जुवेन रावतको जोडी प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरा रंगशाला स्थित टेनिस कम्लेक्समा भएको डबल्सतर्फको खेलमा आरभ र अकि भारतिय जोडीचन्दन शिवराज र क्रिस त्यागी संग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । निकै प्रतिष्पर्धात्मक सुपरटाई म्याचमा पहिलो सेट ७–६ ले गुमाएका आरभ र अकीले दोश्रो सेटमा खेलमा फर्किदैं ४–६ ले आफ्नो पक्षमा पारे पनि अन्तिम सेट १०–८ ले गुमाउन पुगे ।
त्यस्तै डवल्समा नै अर्को एक नेपाली निशान श्रेष्ठ र निहाल जङ्ग थापाको जोडी समेत सुपरटाईमा नै आफ्नो खेल गुमाउन पुगे । भारतिय जोडी विभु चालागुन्डाला र अनर्व यादवसंग उनीहरु ०–६, ६–४ र १०–७ ले हार व्यहोरे । ब्वाइज डवल्समा भारतिय जोडी कविर छावरिया र दक्ष प्रसादको जोडीले ब्राजिलका व्रेनु रोजेतो र स्विडेनका इमिलोयो जियलकोस्कीको जोडीलाई पराजित गरेको छ ।
त्यस्तै गर्ल्सतर्फ समेत नेपाली जोडीको पदर्शन खासै जम्न सकेन । प्रकृती श्रेष्ठ र सुनिरा थापाको जोडी भारतिय जोडी रिया डुगर र तनुश्री पाण्डे संग ६–३, ६–२ को सोझो सेटमा पराजित भए । त्यस्तै नेपाली जोडी निमिषा ढकाल र आइशा डोल्कर गुरुङको जोडी भारतका नियती कुक्रेती र हेना नागपाल संग ६–२, ६–० को सोझो सेटमा पराजित भए । नेपाली अर्को एक जोडी इशाश्री शाह र सर्भानी श्रेष्ठ वेल्जियमकी शानन वोभी र भारतकी सम्रिता वर्माको जोडी संग ६–२, ६–१ को सोझो सेटमा पराजित भए । गरल्र्स डवल्समा भारतिय जोड शुखमनी भण्डारी÷शोहीनी सञ्जय मोहन्तीको जोडीले वेल्जियमकी मिया क्रेस्तेवा र भारतकी भान्सिका मारियालाई ६–३, ६–२ ले पराजित गरेका छन् ।
गरल्र्स सिंगल्समा नेपालले सर्भानी श्रेष्ठले भारतकी मेहर मिश्रालाई टाइ व्रेकरमा ७–५, ७–५ ले पराजित गरिन् । सलोनी तामाङले भारतकी भान्सिका मारियालाई ६–२, ६–३ ले अभिलाषा विष्टले भारतकी दिभा भट्टलाई टाइव्रेकरमा ३–६, ७–५, ६–२ ले, शुभाङ्गी लक्ष्मी शाहले भारतकी मिली चुगलाई ६–०, ६–१ ले जित्दै क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । त्यस्तै गर्ल्सका अन्य खेलमा भारतकी रिया दुगर, तनुश्री पाण्डे, शुखमनी भण्डारी, सम्रिता वर्मा जित हासिल गरे ।
ब्वाइज सिंगल्समा नेपालका आरभ सम्राटले अमेरिकाका जय दत्तलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपालका अर्यान गिरीले डेनमार्कका अलेक्जेण्डर क्लसेनलाई १–६, ७–५ र ६–२ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै ब्वाइज सिंगल्समा अमेरिकाका शिद्धार्थ लामा, हङ्गेरीका लरेन्ट ग्योरी, भारतका दक्ष प्रसाद, स्विडेनका इमिलोयो जियलकोस्की, अमेरिकाका मिथर व्यारेट र भारतका हितेश चौहानले आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाए ।
