
पोखरा स्पोर्टस । सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष तथा नेपाल बास्केटबल संघका पूर्व उपाध्यक्ष नविन पुनलाई पत्नी शोक परेको छ ।
पुनकी धर्मपत्नी बालमाया पुनको ४६ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उहाँको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा दिउसो करिव ३ः३० मा निधन भएको जनाइएको छ । विहान करिव ११ बजे तिर अचानक अस्वस्थ भई अस्पताल पुर्याइएको थियो । उहाँको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको भोली मात्रै अन्तिम संस्कार गरिने भएको छ । उहाँको एक छोरा छन ।
