
पोखरा स्पोर्टस । नेपालकी सलोनी तामाङ पोखरामा जारी गर्ल्स/ब्वाइज ‘यू–१८ वर्ल्ड र्याङकिङ टेनिस टुर जे–५’अन्तर्गत सिंगल्समा फाइनलमा प्रवेश गरेकी छन् ।

प्रतियोगितामा सहभागी २६ नेपाली खेलाडी मध्ये सलोनी फाइनलमा पुग्ने एक्ली नेपाली खेलाडी हुन् । सलोनी तामाङले भारतकी सुखमणी भण्डारीलाई टाइव्रेकरमा ७–६ ७–६ ले हराउँदै फाइनलको यात्रा तय गरिन् ।
यता ब्वाइजतर्फको सिंगल्समा स्विडेनका इमिलियो जिलोस्कीले हङगेरीका लोरन्ट ग्योरीलाई ७–५ र ४–१ ले हराउँदै फाइनल प्रवेश गरे । यस्तै भारतका दकस प्रसादले चन्दन शिवराजलाई ६–१ र ६–३ ले हराउँदै फाइनल प्रवेश गरे ।
डवल्सको खेलमा भारतका कविर चाब्रिया र दकस प्रसादको जोडी फाइनल प्रवेश गरेको छ । उनीहरुले नेपालका आर्यन गिरी र आरभ सम्राट हाडालाई ६–२, ४–६ र १०–४ ले हराएका हुन् ।
उता महिला तर्फ भने नेपालकी भारतकी हान्नाह नागपालले मेहेर मिश्रलाई ६–१ र ६–२ ले हराउँदै फाइनल प्रवेश गरिन् । समुह गत महिला तर्फ नेपालकी इशा श्री शाह र श्रवणी श्रेष्ठको जोडि फाइनल प्रवेश गरिन् । उक्त जोडिले नेपालकै रियाना शाह र प्रकृती श्रेष्ठको जोडिलाई ६–१, ६–७ र १०–७ ले हराउँदै फाइनलमा प्रवेश गरेका हुन् ।
१२ कक्षा उर्तिण गरे खेलाडीले
गर्ल्स/ब्वाइज ‘यू–१८ वर्ल्ड र्याङकिङ टेनिस टुर जे–५’मा सहभागी ३ जना नेपाली खेलाडीले १२ कक्षा उर्तिण गरेका छन् । आज भएको १२ कक्षाको नतिजामा नेपाली खेलाडी अभिलाषा विष्ट, सलोनी तामाङ र निशान श्रेष्ठले उत्कृष्ट अंक हासिल गरी १२ कक्षा उर्तिण गरेका हुन् ।
