पोखरा आइटिएफ वर्ल्ड र्‍याङकिङ टेनिस टुर : नेपालका नं १ खेलाडी अभिलाषा र आरभ एकलतर्फको खेलमा पराजित

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कम्लेक्समा गर्ल्स/ब्वाइज यू–१८ वर्ल्ड र्‍याङकिङ टेनिस टुरको तेश्रो दिनको खेलमा नेपालका नं १ सिडिङ खेलाडीद्वय अभिलाषा विष्ट र आरभ सम्राट हाडा एकलतर्फको खेलमा पराजित भएका छन् ।

प्रतियोगितामा निकै भरपर्दा नेपाली खेलाडी अभिलाषा भारतकी भानिष्का मारिया र आरभ भारतकै खेलाडी हितेश चौहान संग पराजित हुँदा क्वाटरफाइनलको यात्रा तय गर्न नसकेका हुन् । नेपालकी अभिलाषाले खेलमा पहिलो सेट ६–३ अंकले गुमाउन पुगिन तर दोश्रो सेट भने केही प्रतिष्पर्धा गर्दै कम व्याक गर्न खोजे पनि भारतकी भनिष्का हावी भइन । दोश्रो सेट अभिलाषाले ५–७ अंकले सुम्पिन पुगिन ।

यता ब्वाइज एकलतर्फ नेपालका एक मात्र खेलाडी आरभ र भारतिय खेलाडी हितेशको निकै प्रतिष्पर्धा देखियो । करिव दुई घन्टा चलेको खेलमा आरभले पहिलो सेट ६–२ ले गुमाउन पुगे भने दोश्रो सेट ६–३ अंकले गुमाउन पुगे । यस्तै गर्ल्सतर्फको अर्को एक खेलमा भने नेपालकी सलोनी तामाङले क्वाटरफाइनलको यात्रा तय गरेकी छन् । सलोनीले भारतकी सेहीनी सञ्जय मोहन्ती संग टाइव्रेकरमा खेल आफ्नो पक्षमा पार्न सफल भइन । पहिलो सेट ३–६ ले गुमाएकी सलोनीले दोश्रो सेट ६–४ ले आफ्नो पक्षमा पारिन भने अन्तिम सेट ७–५ अंकले जितिन् ।

गर्ल्सतर्फ नै नेपालकी आद्या पौडेल भारतकी हाना नागपाल संग पराजित भइन । उनी हाना संग ६–०, ६–१ अंकले पराजित भइन भने अर्की नेपाली खेलाडी प्रकृती श्रेष्ठ भारतकी खेलाडी मेहेर मिश्र संग ६–३, ७–५ ले हार व्यहोर्न पुगिन । नेपालकी अर्की एक खेलाडी सर्वाणी श्रेष्ठले भारतकी शुखमनी भण्डारी सँग टाइ व्रेकरमा आफ्नो खेल गुमाइन । पहिलो सेट ६–४ ले गुमाएकी सर्वार्णीले दोश्रो सेटमा खेलमा फर्किदै ६–२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि तेश्रो सेट ६–१ ले गुमाउन पुगिन ।

ब्वाइज एकलतर्फ भारतकी श्रीनिधी रेड्डी, नियाती कुक्रेती, तानुश्री पाण्डेले आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलको यात्रा तय गरेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले पोखरा स्पोर्टलाई बताए । यस्तै ब्वाइजतर्फ प्रतियोगितामा आकर्षक मानिएका रसियन खेलाडी मात्वे ग्रेसनर पराजित भएका छन् । उनी भारतका दक्ष प्रसाद संग टाइव्रेकरमा ६–४, २–६ र ६–४ ले पराजित भए ।

ब्वाइजतर्फका अन्य खेलमा भारतका चन्दन शिवराजले अमेरिकाका जय दत्तलाई ६–४, ४–६, ६–४ अंकले, डेनमार्कका नोर्डल क्लाउजनले भारतका धन्नञ्जय आत्रेयलाई ६–४, ४–६, ६–३ ले, अमेरिकी खेलाडी शिदार्थ लामाले इजरायली खेलाडी हालेल आशुषलाई ६–१, ६–४ ले पराजित गर्न सफल भए भने अन्य खेलमा हङेरीका लोरेन्ट ग्योरी, अमेरिकाका मिथ्रे व्यारेट र स्विडेनका इमिलियोले आ–आफ्नो खेल जितेका छन् ।

जारी प्रतियोगितामा एकलतर्फ शुखद परिणाम निकाल्न नसकेका नेपाली खेलाडीले डवल्सतर्फ भने उत्कृष्ट खेल पदर्शन गरेका छन् । ब्वाइजतर्फ नेपालका अर्यान गिरी र आरभ सम्राट हाडाको जोडीले भारतका हितेश चौहन र चन्दन शिवराजको जोडीलाई ७–६(३) र ६–१ ले पराजित गर्न सफल भएका छन् ।

त्यस्तै गर्ल्सतर्फ नेपाली खेलाडी अभिलाषा र सलोनीको जोडीले भारतकी शुखमनी र हेनाको जोडीलाई ७–५, ६–४ को सोझो सेटमा पाखा लगाए भने नेपालकै इशा श्री शाह र श्रवणीको जोडीले भारतको श्रीतन्वी र भान्सिकालाई ६–२, ६–२ ले पराजित गरेका छन् । त्यस्तै अन्य खेलमा भारतका खेलाडी जोडी श्रीनिधी र तनुश्रीले नेपालका अजा रेग्मी र शुभाङ्गी लक्ष्मी शाहलाई ६–१, ५–७ ले पराजित गरे भने अन्य एक खेलमा भारतका खेलाडी जोडी दिभा भाटिया र मेहर मिश्रले आफ्नो खेल जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close