पोखरामा शुरु भयो ‘आइटिएफ वर्ल्ड र्‍याकिङ टेनिस टुर जे–५’

पोखरा स्पोर्टस । पोखरामा शनिबार बाट यू–१८ गर्ल्स/व्वाइज ‘आइटिएफ वर्ल्ड र्‍याकिङ टेनिस टुर जे–५’ अन्तर्गत क्वालिफाइङ राउण्डका खेल शुरु भएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा शनिबार व्वाइजतर्फको खेलहरु शुरु भएका हुन् । आज सम्पन्न भएको क्वालिफाइङ राउण्डमा सहभागी एक मात्र नेपाली खेलाडी सौगात विकले हार व्यहोरेका छन् । उनी भारतका वत्सल मनिकान्तन संग ६–१, ६–३ को सोझो सेटमा पराजित भए । तर वत्सल भने अर्को एक खेलमा भारतका अर्का खेलाडी ललित मोहन संग टाइ व्रेकरमा हार व्यहोरे । पहिलो खेल ६–१ ले हारेक वत्सले दोस्रो सेट ३–६ ले आफ्नो पक्षमा पारे पनि टाइ व्रेकरको संघर्षमयी खेलमा ११–९ ले पराजय हुँदै प्रतियोगिताबाट बाहिरए ।

त्यस्तै खेलमा निकै आकर्षक मानिएका रसियन खेलाडी मातेभ ग्रेसनरले आजका दुवै खेल आफ्नो पक्षमा पारे । उनले पहिलो खेल भारतका अर्यान मेहतालाई ६–१, ६–० को सोझो सेटमा पराजित गरे भने अर्को एक खेलमा भारतकै रुरिक राजीनीलाई ६–१, ६–३ ले पाखा लगाउँदै क्वालिफाइङ राउण्डमा आफ्नो स्थान शुरक्षित गर्ने तर्फ अघि बढेका छन् ।

आजको खेलमा भारतका हितेश चौहानले आफ्ना दुई खेल नै जितेका छन् । उनले आफ्नै देशका भिवु चालागुन्डाला र अर्न्व यादवलाई पराजित गरे भने भारतकै आर्य भट्टचार्यले आफ्ना दुवै खेल जितेका छन् । आर्यले भारतकै लिखित रेड्डी र निकिल डुसुजालाई पाखा लगाएका थिए । भारतका चिन्मय पटेलले आफ्नै देशका खेलाडीद्वय निल निरञ्जन र सत्यजित रे लाई पराजित गरेका छन् ।

व्राजिलका नातान अल्वरतिनीले समेत आफ्ना दुवै खेल जितेका छन् । उनले भारतका प्रणव मिश्रलाई ६–४, ६–१ ले र भारतका पुष्कल श्रीवास्तवलाई टाइ व्रेकरमा २–० ले पराजित गरे । नातानले पहिलो सेट १–६ ले हारे पनि खेलमा कम व्याक गर्दै दोस्रो सेट ६–४ ले जित्दै वरावरी गरे भने अन्तिम सेट १०–३ ले जिते । इजरायलबाट सहभागी खेलाडी इडो मोशे भारतका परम चन्द्र संग ६–३, ६–१ को सोझो सेटमा पराजित भए भने पोर्चुगलका खेलाडी जुनियर रिबिरो भारतका देवर्षी शेन संग ६–४, ४–६ र (१०–७) ले पराजित भए ।

शनिबार र आइतबार गरी दुई दिन सम्म चल्ने क्वालिफाइङ राउण्डमा २५ जना व्वाइजतर्फ र ८ जना गर्ल्सतर्फ भिड्ने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले पोखरा स्पोर्टसलाई बताए । विष्टका अनुसार व्वाइजतर्फ ४ र महिला तर्फ ४ जना गरी ८ जना खेलाडी सोमबार बाट शुरु हुने मेन ड्रमा सहभागि हुन पाउने छन् । आइतबार गर्ल्सतर्फका खेल र व्वाइजतर्फका अन्य बाँकी खेलहरु हुने आयोजक संस्थका सचिव नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

दिसेम्वर ११ अर्थात मंसिर २५ गते सम्म हुने प्रतियोगिता अन्तर्गत नेपाल सहित विभिन्न १९ देशका ११९ जना खेलाडी पोखरा आएका छन् । प्रतियोगितामा नेपालका व्वाइज र गर्ल्सतर्फ गरी २६ जना खेलाडी प्रतिष्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close