हक्की संघ कास्कीले दियो हिमालय स्कुललाई खेलकुद सामग्री

पोखरा स्पोर्टस । हक्की संघ कास्की द्वारा पोखरा–१७ घारीपाटन स्थित हिमालय स्कुललाई हक्की स्टिक र बल वितरण गरेको छ ।

संघले विद्यालयस्तरमा हक्की खेल विकासको लागि खेल सामाग्री वितरण गरेको हो । खेलकुदका सामाग्री वितरण गर्दै संघका कोषाध्यक्ष राजन श्रेष्ठले खेलकुदमा विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि खेलकुद सामाग्री वितरण गरिएको बताएका छन् ।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक डा.टेक नारायण पौडेलका अनुसार प्राप्त भएको खेल सामाग्री हक्की खेललाई प्राथमिकताका साथ विद्यार्थीहरुलाई खेलकुद विकासका लागि प्रयोग गरिने बताए ।

क्लवका अध्यक्ष राजन नेपालीले भने हक्की खेल विद्यार्थीका लागि निकै उपयोगी हुने भएकाले विद्यार्थीका लागि ब्याट र बल वितरण गरिएको हो । उनका अनुसार यस खेलका लागि विद्यार्थीहरुलाई आकर्षण गर्नका लागि प्रशिक्षण समेत दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close