बुल्सम्यान क्लवका उपाध्यक्ष राजु गुरुङको निधन

पोखरा स्पोर्टस । शारिरिक सुगठनका लागि कार्यरत संस्था बुल्सम्यान क्लवका उपाध्यक्ष राजु गुरुङको निधन भएको छ ।

पोखरा स्थित फेवासिटी अस्पतालमा उपचारको क्रममा उनको ३८ वर्षको उमेरमा मंगलवार साँझ निधन भएको हो । करिव एक सात अघि उच्च रक्तचापका कारण उनी ढले पछि सोही अस्पतालमा भर्ना गरिएको बुल्सम्यान क्लवका अध्यक्ष नुना गुरुङले पोखरा स्वोर्टसलाई जानकारी दिए ।

पर्वत महाशिला गाउँपालिकाका उनी पोखरामा रेष्टुरेन्ट व्यवसायमा आवद्ध थिए । उनको श्रीमती, एक छोरा एक छोरी र आमा छन् । उनको आज तमु प्ये ल्हु संघ क्होइवो शक्तिघाट, पोखरामा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिने भएको क्लवका अध्यक्ष नुनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close