दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थाले पछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरे संगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जनाएको हो ।

विभिन्न प्रश्न उठाउँदै एफसीले केही समय देखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।

यसै वीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिए संगै यही साउन २९ गते ए एफ सी च्याजेन्ज लिग छनौटको प्लेअफ अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाईज युनाईटेड वीच खेल हुने भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिए पछि नेपालमा नै २०८० चैत्र ८ गते आयोजना हुनु पर्ने वर्ल्डकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बहराईन वीचको क्वाईलिफाईङ खेल बहराईनमा भएको थियो भने जेष्ठ २४ गते यूएई संगको खेल साउदीमा भएको थियो ।

लामो समय देखि अखिल नेपाल फुटबल संघले संरक्षण गर्दै आएको खेल मैदानलाई एएफसीले प्रश्न उठाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८० चैत्र देखि परिषद् आफैले रंगशालाको खेलमैदान संरक्षण र ममर्तको जिम्मा लिने निर्णय गरेका थिए ।

मैदानले एसफसीबाट पुन मान्यता पाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरी रंगशालामा अन्तर्राििष्ट्रय प्रतियोगिता हेर्न पाउने बताए । खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अब कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close