पोखरामा सम्पन्न विद्यालयस्तरिय सडकदौड बसन्त र बिनुले जिते

पोखरा स्पोर्टस । पोखरामा शनिवार आयोजित सडक दौडको उपाधि छात्र तर्फ भद्रकाली मावीका बसन्त विक र छात्रा तर्फ उदय मावी धम्पुसकी बिनु विकले जितेका छन् ।


अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको ३ किमि छात्रतर्फको दौड बसन्तले १३ मिनेट ११ः२३ सेकेण्डमा पुरा गर्दै नगद १० हजारका साथमा मेडल र प्रमाण–पत्र हात पारे । त्यस्तै छात्रातर्फ उदय मावी धम्पुसकी बिनुले १८ मिनेट ०९ः०२ सेकेण्डमा पुरा गर्दै नगद १० हजारका साथमा मेडल र प्रमाणपत्र हात पारिन ।

यस्तै छात्रतर्फ कलिका मावी पवन क्षेत्री दोश्रो भए भने सोही विद्यालयका निशान पुन तेश्रो र टप्स मावीका आशिष राना चौथो भए । छात्रा तर्फ उदय मावीकी ऋतु भण्डारी दोश्रो, भद्रकाली मावीकी बालकुमारी विक तेश्रो र शिद्ध मावीकी सोनिका परियार चौथो भइन् । उनीहरुले क्रमश नगद ७, ५ र २ हजारका साथमा मेडल र ट्रफी प्राप्त गरे । कास्कीका २५ विद्यालयका छात्रतर्फ ३ सय ५० र छात्रा तर्फ १ सय ५० जनाको गरी कुल ५ सय जनाको सहभागिता रहेका थिए ।

विजेता छात्र/छात्रा खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व अर्थ मन्त्री किरण गुरुङ, राखेपका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परषदका सदस्य सचिब तेज बहादुर गुरुङ, प्रखेपका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषी गौतम, पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई, भूपू खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापती, लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेल, क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना लगायतले नगद, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

पोखराको पर्यटकिय स्थल लेकसाइडको खहरेबाट शुरु भएको उक्त दौड प्याराग्लाइडिङ ल्याण्डिङ क्षेत्र खपौंदीमा पुगेर सम्पन्न भएको थियो । समापन कार्यक्रममा गण्डकी प्रदेशका पूवै अर्थमन्त्री गुरुङ शारिरिक तन्दुरुस्तीका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरुमा उत्साह जगाउन सँगै खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बाँनियाको अध्यक्षतामा भएको समापन कार्यक्रममा समितीका उपाध्यक्ष महेन्द्र गुरुङ, समितीका सचिव भिम पराजुली लगायतले आ–आफ्ना भनाई राखेका थिए । उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न संघ संस्था तथा व्यक्तिहरुले समेत सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close