
पोखरा स्पोर्टस । साउदी प्रो लिग क्लब अल हिलालले इटालियन प्रशिक्षक सिमोन इन्जाघीसँग दुई बर्षको सम्झौता गरेको छ ।
इन्टर मिलानको प्रशिक्षक छोडेर इन्जाघी अल हिलाल गएका हुन् । उनको नेतृत्वमा इन्टर मिलानले यस सिजनको च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । उनी यसअघि इटालियन सिरी ए क्लब लाजियोको प्रशिक्षक रहेका थिए ।
मिडिया रिपोर्टका अनुसार अल हिलालले ४९ बर्षिय इन्जाघीलाई बार्षिक ३६ मिलियन युरो पारिश्रमिक दिने भएको छ ।
