
पोखरा स्पोर्टस । पोखराका दर्शिल श्रेष्ठ यु–१४ काठमाडौं /एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–१ को ब्वाइज सिंगल्समा सेमीफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सञ्चालन भएको उक्त प्रतियोगितामा दर्शिलले नेपालका ब्रिजेश अर्याल सँग जित निकालेका हुन् ।
खेलमा पहिलो सेट ४–६ ले गुमाएका दर्शिल खेलमा फर्किदैं आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए । दर्शिलले खेलमा दोश्रो सेट ६–२ ले आफ्नो पक्षमा पार्दै ब्रिजेशलाई पराजयतर्फ धकेलेका थिए । उनले तेश्रो सेट ६–१ ले जित्दै सेमीफाइनलको यात्रा तय गरेका छन् ।
