प्रकाश दाहाल स्मृति बक्सिङ : कास्कीका सरोजको यात्रा समाप्त

पोखरा स्पोर्टस । प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताका अन्तर्गत पुरुष ५७ केजीमा मंगलबार भएको क्वाटरफाइनलमा कास्कीका सरोज विक पराजित भएका छन् ।

कास्कीका सरोज एपीएफका पुरन राई सँग पराजित भएका हुन् । प्रतियोगितामा एपीएफका पुरन र नेपाल आर्मी ‘बी’ का बाबुराम मगर पुरुष ५७ केजीमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा भइरहेको प्रतियोगितामा पुरनले कास्कीका सरोज बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई पराजित गरेका थिए ।

उक्त तौलसमूहमा नेपाल प्रहरीका शम्भु राजवंशीले कैलालीका निर्मल सुवेदी (वाकओभर), एचटुओका बुद्ध ग्याल्मो लामाले ललितपुरका रोशन अछामी, कञ्चनपुरका रन्जन भट्टले रामेछापका टल छन्त्याल, भाइबका तिलवीर पुन मगरले बाँकेका नितेश नेपाली (वाक ओभर), बक्समान्डुका सुरज महर्जनले नक्सालका भक्तबहादुर किन्जरिङ तथा आर्मीका पुरन सुनारले बोसीगाउँका शुलभ मालाकारलाई हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा जारी प्रतियोगिताको पुरुष ६० केजीमा नक्सालका विजय थापाले आरडीएसका मार्सल गुरुङ, बीएनकेका इन्द्रबहादुर सुनारले पाटनका सन्तोष राई, आर्मीका विमल रोक्काले अल्फाका निराजन चौधरी, दाङका अनिल पुन मगरले बीटीएफसीका मौसम राना मगर तथा कास्कीका सौगात कुमालले ललितपुरका निसान दासलाई पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे ।

पुरुष ५४ केजीमा अल्फाका रेमोन पुन मगरले सुर्खेतका प्रकाश तरुङ मगरबाट वाक ओभर पाएर क्वाटरफाइनलमा स्थान पक्का गरे ।

महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले बाँकेकी माया खत्री तथा आरडीएसकी रमिशा श्रेष्ठले आर्मीकी आरती बम्जनलाई निराश पार्दै क्वाटरफाइनल पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close