पोखरा म्याराथन सफल बनाउन यूकेमा छलफल, ‘च्यारिटी डिनर’ आयोजना हुने

पोखरा स्पोर्टस । १६ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन यूकेको बेजिङ्गस्टकमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च यूकेले १६औ पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोगार्थ परोपकारी रात्रि भोज ‘च्यारिटी डिनर’ कार्यक्रम आयोजना पूर्व उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो । छलफल बारे जानकारी दिंदै पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङले परोपकारी रात्रि भोज बेजिङ्गस्टकमा आयोजना पूर्व उक्त छलफल तथा भेटवार्ता कार्यक्रम गरिएको बताए ।

“दौडौ स्वास्थको लागि दौडौ पोखराको लागि” भन्ने मुल नाराका साथ आगामी फागुन ७ गते हुने १६औ पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन निकट भबिष्यमा गैर नेपाली समुदाय र युवाहरूको व्यापक सहाभागिता रहने गरी परोपकारी रात्रि भोजको आयोजना गरिएको बताउँदै अध्यक्ष गुरुङले भने–“नेपाली समुदायमा दौड संस्कृती, नयाँ र भावी पुस्तालाई मातृभुमि संग जोडी राख्न एवं म्याराथन मार्फत खेलकुद पर्यटन विकास नेपालको लागि यो छलफल निकै अर्थपूर्ण र फलदायी रह्यो ।”

यूकेको बेजिङ्गस्टकमा २०२२ जनवरी २९ मा आयोजना हुने परोपकारी रात्री भोजले मार्फत एक नयाँ सन्देश दिन सफल हुने बताउँदै अध्यक्ष गुरुङले भने–“बेजिङ्गस्टक मार्फत ‘नेपाली दौड हव’को रुपमा स्थापित गर्न निकट भबिष्यमा पोखरेली मंच युकेको पहलमा बेजिङ्ग स्टक नेपाली समाज, नेपाल रन एसोसिएसन युके, पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजक सस्था नेपाल भुपु खेलाडी मंच र धरान रन आयोजक सस्था बीच संयुक्त बैठक बस्ने निधो समेत गरेका छौं ।”

छलफल कार्यक्रममा बेजिङ्गस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ्ग, बेजिङ्गस्टक तमु समाज युकेका अध्यक्ष दुर्गा गुरुङ्ग, एन आर एन ए युकेका निवर्तमान अध्यक्ष पुनम गुरुङ्ग, गोर्खा ग्रोसरी बेजिङ्ग स्टकका प्रबन्धक बल थापा, हङकङ नेपाली मंच युकेका सस्थापक अध्यक्ष प्रेम गुरुङ्ग, हङकङ नेपाली मंच युकेका निवर्तमान अध्यक्ष भिम महेन्द्र गुरुङ्ग (स्विन्डन) नेपथ्य ब्याण्डका चर्चित गायक रबिन श्रेष्ठ, भोजेन्द्र गुरुङ्ग, मधु गुरुङ्ग, जीवन गुरुङ्ग सुन गुरुङ्ग, कृष्ण गुरुङ्ग, मुना गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।

स्मरण रहोस् गत साता समेत यूके स्थित फान्ब्रोमा पोखरेली मंच युकेको अन्तर्गत रहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सहयोग समितिका संयोजक मन्जु गुरुङ्ग राईको संयोजकत्वमा समितिको बैठक विभिन्न योजना तर्जुमा गर्दै सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close