हेवीवेट डेभिडलाई पछार्दै नुवाकोटे टाइगरले जिते राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि

पोखरा स्पोर्टस । नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् ।

नुवाकोटेले आफ्ना प्रतिद्वन्द्वी डेभिडलाई लक लगाउदै उपाधिको रक्षा गरेका हुन । पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाईगरमाथी धेरै पटक शसक्त प्रहार गरेका थिए ।

डेभिडले टाईगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारि सकेका थिए । अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथी चढेर हाईजम्प मार्फत टाईगरमाथी जाईलाग्न खोज्दा डेभिड लक्ष्यमा पुग्न नसके पछि घुँडा सिधै रिङमा बज्रिदा घाईते भए । उनी उठ्नै नसक्ने गरि बजारिएको मौकालाई सदुपयोग गर्दै टाईगरले डेभिड माथी आफ्नो लक लगाए पछि रेफ्रीको तीन काउन्टसँगै च्याम्पियनको उपाधि जितेका थिए ।

उपाधिका साथ टाईगरले नगद एक लाख च्याम्पियन बेल्ट पनि प्राप्त गरे । प्रतियोगितामा उप विजेता बनेका डेभिडले नगद ५० हजार रुपैया पाए । प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए ।

शुक्रवार रद्द भएको थागु र द युगबीच च्यालेन्ज खेल पुनः भएको थियो । हिजोको भएको खेलमा थागुका साथीले आएर रेफ्रिलाई पछारेपछि खेल रद्द भएको थियो । त्यसपछि द युगले थागुलाई आजका लागि रिङबाटै च्यालेन्ज गरेका थिए । थागु र द युगबीच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो । दुर्बले एकअर्का माथि रिङ भित्र र बाहिर रहेका वस्तुहरु प्रहार गरेका थिए । उनीहरुबीच भएको खेलमा टेबल, कुर्सी, फलामको चेन, सिढी लगायत त्यहा वरपर रहेका वस्तुहरु एक अर्का माथि प्रहार भएको थियो । निकै घमासान भएको खेलमा रगतको खोला नै बगेको थियो । तर अन्त्यमा आएर द युगले थागुलाई उठनै नसक्ने गरी पछारेपछि जित हातपार्न सफल भए । यो सँगै द युगले आईरन म्यानको उपाधि पाए ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा उल्लेख्य दर्शकका विच संचालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य सदस्य, राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका खेलकुद् सदस्य सचिव तेज गुरुङ, राखेप सदस्य आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

सो अवसरमा मुख्य मन्त्री गुरुङले गण्डकी प्रदेशमा रिङ रेस्लिङ खेलको विकास होस भन्नका लागि प्रदेश सरकारले सहयोग गरेको बताए । उनले प्रदेश सवै खेलकूदका लागि हव बनोस भन्ने प्रदेश सरकारको चाहना रहेको बताउँदै यस प्रकारका प्रतियोगिताले खेलकूदको विकासका लागि थप सहयोग गर्ने धारणा राखे ।

सो अवसरमा नेपाल राष्ट्रिय रिङ रेस्लिङ संघले राखेप सदस्य सचिवलाई च्याम्पियन वेल्टद्वारा सम्मान गरेको छ । त्यसै गरी राखेप सदस्य राजेश गुरुङ र गण्डकी प्रदेश खेलकूद परिषदका नव नियुक्त सदस्य सचिब तेज गुरुङलाई कार्य सफलताको शुभकामना सहित सम्मान गरेको छ । यसका साथै रिङ रेस्लिङ खेलको विकासमा सञ्चार क्षेत्रबाट उल्लेखनिय योगदान दिएको भन्दै केशव पाठकलाई समेत सम्मान गरेको छ । सम्मानित सबैलाई गण्डकी प्रदेश मुख्य मन्त्री गुरुङले सम्मान पत्र प्रदान गरेका थिए ।

Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close