
पोखरा स्पोर्टस । सहारा यूकेका पूर्व अध्यक्ष, समाजसेवी तथा तथा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य दिलिप गुरूङ ‘एमविई’ लाई पितृशोक परेको छ ।
पूर्व अध्यक्ष गुरूङका वुवा गंङ्गा बहादुर गुरूङको ८७ वर्षको उमेरमा शनिबार दिउसो १ः३० बजे पोखरामा निधन भएको हो । उहाँ केही दिन यता पोखरा स्थित फिसटेल अस्पतालमा उपचारर्थ रहनु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्याङजा ओरष्टे मर्किना विरुवा ४ निवासी स्व. गुरूङका श्रीमती, २ छोरा र ४ छोरी रहेका छन् । उहाँको आज आइतबार पोखरा स्थित वौद्ध अर्घौ सदन रामघाटमा अन्तिम संस्कार गरिने जनाईएको छ ।
उहाँको निधनमा नेपाल भूतपूर्व खेलाडी मञ्च नेपालले गहिरो दुःख व्यक्त गरेको छ । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले उहाँको निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
