पोखरा महानगर खेलकुदले दौड प्रतियोगिता गर्ने

पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितिले बडा दशैंको शुभ अवसरमा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पोखरा महानगरले असोज १० गते उक्त दौड आयोजना गर्न लागेको समितिका सदस्य सचिव सुभास खड्काले जनाएका हुन् । प्रतियोगिता अन्तरगत ५ किमि छात्र–छात्रा दौंड र १० किमि महिला तथा पुरुष दौड आयोजना गरिएको सदस्य सचिव खड्काले बताए ।

पोखरा रंगशालाबाट सुरु हुने दौड प्रतियोगिता १० किमि महिला तथा पुरुष दौड प्रतियोगिताका विजेता खेलाडीले प्रथम, द्वितिय र तृतियले क्रमश २५ हजार, १५ र १० हजार तथा चौथोले ५ हजार र पाँचौले साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी छात्र–छात्रातर्फ विजेता हुने प्रथम द्वितिय, तृतिय, चौथो, पाँचौले १५, १०, ५, ३, र २ हजार तथा छैंटौं देखि दशौं सम्महुनेले समान नगद १–१ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख खर्च हुने पोखरा महानगर खेलकुद समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close