बगर भाई खलक पोखराको घोषणा :‘एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता’को पुरस्कारमा वृद्धी, भेट्रान्स फुटसल आयोजना गर्ने

पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्थाको रुपमा स्थापित बगर भाई खलकले आयोजना गर्ने ‘एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को पुरस्कारमा वृद्धी गरेको छ भने भेट्रान्स फुटसल प्रतियोगिताको तयारी थाल्ने घोषणा गरेको छ ।

“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने उद्घोषका साथ ११ वर्ष अघि प्रतियोगिताम्क रुपमा ४० वर्ष माथीको भेट्रान्स फुटबल प्रतियोगिता सुरु  गरेको बगर भाई खलकले नेपालमा नै पहिलो पटक भेट्रान्स फुटसल प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको हो । सो बारे जानकारी दिंदै संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले ११ औं संस्करणको प्रतियोगिताका लागि पुरस्कार राशीमा वृद्धी गरिएको जानकारी दिए ।

यसै गरी संस्थाले  केही वार्षिक कार्यक्रमहरु समेत तय गरेको जानकारी दिंदै अध्यक्ष गुरुङले २०७९ जेठ १९ देखि २१ गते सम्म पोखरामा ‘प्रथम भेट्रान्स फुटसल प्रतियोगिता’ आयोजना गर्ने बताए । संस्थाले नयाँ वर्ष २०७९ वैशाख १ गते पोखरामा छात्र–छात्रा ५ किलोमिटर शुभकामना दौड, २०७८ माघ १५ गते पोखरामा वृहत रक्तदान कार्यक्रम र २०७८ पुष ३ गते संस्थाको वार्षिक साधारण सभा र अधिवेशन गर्ने घोषणा समेत गरेको छ ।

यहि वर्षको पुष १९ देखि २४ गते सम्म सञ्चालन हुने ‘५ औं स्व.रञ्जित गुरुङ स्मृती तथा ११ औं एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता’को प्रथम पुरस्कार उपाधी सहित १ लाख ५१ हजार १ सय ११ तथा दोश्रो हुने टिमलाई ७५ हजार ५ सय ५५ प्रदान गर्ने संस्थाले निर्णय गरेको छ । गत वर्षको भन्दा प्रथम पुरस्कारमा ५० हजार र दोश्रोमा २० हजार वृद्धी गरिएको बताउँदै यसका लागि सबै सरोकारवालाहरुको सहयोगको खाँचो रहेको अध्यक्ष गुरुङले बताए । “हामी पोखराको खेलकुदलाई नयाँ ढङ्गबाट परिचित गराउन खोजेका छौं, यो पुरस्कार राशीको वृद्धीले विदेशी टिमको आकर्षण बढ्ने छ” उनले भने–“यसका लागि प्रदेश सरकार, पोखरा महानगर, व्ययवसायिक प्रतिष्ठान लगायत सवैको सहयोग र सहकार्यको खाँचो छ ।”

पोखराको ऐतिहासिक टुँडीखेल मैदानको परिचय समेत स्वदेश र विदेशमा यस प्रतियोगिताले स्थापित गर्न सहयोग पुगेको बताउँदै प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य समेत रहेका गुरुङले मैदानको स्त्तरोन्नतीका लागि दुई पटक गरी २ लाख ५१ हजार सहयोग निर्माण उपभोक्ता समितीलाई प्रदान गरेको जानकारी दिए । “हामी संस्थाबाट खेलकुद विकासका लागि भेट्रान्सको प्रतियोगिता गरेर नयाँ कुराको थालनी समेत गरेका छैनौ हामी त्यसबाट केही रकम बचाएर खेलकुद र सामाजिक क्षेत्रको विकासमा समेत खर्च गरेका छौं” अध्यक्ष गुरुङले भने ।

यसै गरी संस्थाले  केही वार्षिक कार्यक्रमहरु समेत तय गरेको जानकारी दिंदै अध्यक्ष गुरुङले २०७९ जेठ १९ देखि २१ गते सम्म पोखरामा ‘प्रथम भेट्रान्स फुटसल प्रतियोगिता’ आयोजना गर्ने बताए । संस्थाले नयाँ वर्ष २०७९ वैशाख १ गते पोखरामा छात्र–छात्रा ५ किलोमिटर शुभकामना दौड, २०७८ माघ १५ गते पोखरामा वृहत रक्तदान कार्यक्रम र २०७८ पुष ३ गते संस्थाको वार्षिक साधारण सभा र अधिवेशन गर्ने घोषणा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close