पोखराका दर्शिलले बीर गणेशमान स्मृती राष्ट्रिय टेनिसमा उपाधी जिते

पोखरा स्पोर्टस । पोखराका दर्शिल श्रेष्ठले बीर गणेशमान स्मृती राष्ट्रिय टेनिसमा उपाधी जितेका छन् ।

ललितपुरमा जारी उक्त प्रतियोगिता अन्तर्गत यू–१२ तर्फको फाइनलमा दर्शिल उपाधी जितेका हुन । आइतबार सम्पन्न फाइनलमा काठमाडौका बोरिश अधिकारीलाई ७–५, ६–२ अँकको सोझो सेटमा जितेर १२ बर्ष मुनीको उमेर समुहको ‘नम्बर वन’ जुनियर टेनिस खेलाडीको स्थान कायम राख्न सफल भएका समेत छन् ।

रामेछाप मन्थली नगरपालीका वडा नम्बर ८ चिसापानीका उनी हाल गण्डकी बोर्डिङ स्कुलमा अध्यनरत छन् । पोखराको प्रतिनिधित्व गर्दै वीर गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close