चौथो अभियानकप उपाधी मट्टिखान यूवा क्लवले जित्यो

पोखरा स्पोर्टस । चौथो अभियान कप भलिबल प्रतियोगिता २०७८ मट्टिखान युवा क्लबले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ के सेटमा हराउँदै उपाधी जितेको हो । अभियान युवा क्लबको आयोजनामा पोखरा ५ मालेमाटन स्थित बाराही खेल मैदानमा भएको खेलमा मट्टिखानले पोखरा टप्सलाई २५–२१,२१–२५,२५–१५ र २५–१७ को सेटमा हराउँदै उपाधी चुमेको छ ।

उपाधीसंगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्‍यो । उपविजेतामा सिमित पोखरा टप्सले २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

फाइनल अघि शनिबार नै भएको सेमिफाइनल खेलमा मट्टिखानले बाराही मा.वि. तथा पोखरा टप्सले शान्ता भलिबल ट्रेनिङ सेन्टरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको उत्कृत्ट खेलाडी मट्टिखानका राजकुमार नेपाली घोषित भए । यस्तै उत्कृष्ट सर्भर टप्सका विवेक ठकुरी, उत्कृष्ट ब्लकर मट्टिखानका रमेश गुरुङ, उत्कृष्ट डिफेन्डर मट्टिखानकै उत्तम गुरुङ, उत्कृष्ट सेटर पनि मट्टिखानकै बेलबहादुर परियार र उत्कृष्ट स्पाइकर मट्टिखानकै भुपेन गुरुङ घोषित भए । विधागत उत्कृष्ट सबैले ट्रफि हात पारे ।

प्रतियोगिता असोज ११ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा कुल १२ टिमलाई मात्रै सहभागिता गराइएको थियो । विजेता बन्न सफल टिमले पाँचौ संस्करणको प्रतियोगितामा स्वतः राखिने र सहभागिताका लागि कुनै शुल्क नलाग्ने प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close