खेलाडीलाई कोभिड विरुद्धको दोश्रो चरणको खोप शनिबार

पोखरा स्पोर्टस । कोभिड विरुद्ध गत असोज १५ गते पहिलो चरणको खोप लगाएका खेलाडीहरुलाई शनिबार दोश्रो चरणको खोप दिइने भएको छ ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ गण्डकीको समन्वयमा पहिलो चरणको खोप लगाएकाहरुलाई शनिवार दोश्रो चरणको खोप दिइने तयारी भएको संघका अध्यक्ष हरिश्वर पोखरेलले जनाएका हुन । उनका अनुसार पोखरा रंगशालामा विहान १० बजे बाट खोप वितरण कार्य शुरु हुने भएको छ ।

गत असोज १५ गते करिव ३ सय ५० खेलाडी तथा खेलकुद संघ सम्वद्ध पदाधिकारीहरुलाई खोप वितरण गरिएको जनाउँदै अध्यक्ष पोखरेलले पहिलो चरण खोप लगाएका सम्पूर्ण खेलाडीहरुलाई दोश्रो चरणको खोपका लागि पोखरा रंगशाला आउन आग्रह गरेका छन् । उनले भने–“पहिलो चरणको भेरोसेल खोप लगाएका खेलाडीहरु दोश्रो चरणमा कोहि नछुटुन् भन्ने होम्रो उद्धेश्य हो, खोप लगाएर निर्भिक रुपमा खेलकुदका गतिविधिहरु तथा प्रशिक्षणहरु नियमित हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close