नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गते सम्म

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद आगामी २०७९ जेठ २२ देखी २८ गतेसम्म हुने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको हो । सो बारे युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जेठको २२ देखि २८ सम्म हुने बताएका छन् । कोभिड १९ महामारीका कारण २०७७ मा आयोजना हुने भनिएको राष्ट्रिय खेलकुद अन्यौलमा परेको थियो ।

आठौं राष्ट्रिय खेलकुद २०७५ मा नेपालगञ्जमा सम्पन्न भएको थियो । नवौं राष्ट्रिय पोखरामा हुने भनिए पनि केही पूर्वाधार निर्माणका कार्य भने अझै अनिश्चित रहेका छन् । त्यस मध्ये स्विमिङ पुल र सुटिङ हलको निर्माण कार्य अझै अगाडी वढ्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close