मिस्टर काठमाडौं राष्ट्रिय शारीरिक सुगठनको तयारी अन्तिम चरणमा

पोखरा,
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको तत्वावधान तथा काठमाडौं शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनमा राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । भदौ २० र २१ गते हुने प्रतियोगिताका दौरान महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता र पुरुष स्पोर्ट्स फिजिक्स पनि हुने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी गराए ।

सुरुका तीन संस्करण काठमाडौं जिल्लाव्यापी भएकोमा यस संस्करणदेखि राष्ट्रिय खुला प्रतियोगिताका रुपमा आयोजना गर्न लागिएको हो । मिस्टर काठमाडौंमा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौलसमूहमा शीर्ष पाँच स्थान हात पार्ने खेलाडी फाइनलमा प्रवेश गर्ने छन् । फाइनलमा प्रत्येक वजनसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मिस्टर काठमाडौं उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । हरेक तौलसमूह शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । मिस्टर काठमाडौं उपाधि विजेतालाई १ लाख ५० हजार नगदबाट पुरस्कृत गरिने छ ।

महिला एथलेटिक्स फिजिक्समा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन् । जुनियर मिस्टर काठमाडौं प्रतियोगितामा २०७५ साल चैत मसान्तसम्ममा २१ वर्ष ननाघेका खेलाडीले भाग लिने पाउने प्रावधान रहेको छ । पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै पुरुष स्पोर्ट्स फिजिक्समा १७० सेन्टिमिटर सम्म र १७० सेन्टिमिटर भन्दामाथि उचाईं गरी २ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवै स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडीले ३० हजार, १५ हजार र ५ हजारका दरले नगद पुरस्कार पाउने छन् ।

सबै स्पर्धामा मिलाएर जम्मा १ सय ३० खेलाडीको सहभागिता रहने अध्यक्ष सुवेदीले जानकारी दिए । पहिलो दिन प्रिजजिङ राउन्ड नक्सालस्थित नक्साल बैंक्युटमा हुनेछ भने फाइनल कमलादीस्थित नेपाल एकेडेमी हलमा खेलाइने छ । पाँचै स्पर्धामा पहिलो हुने खेलाडीलाई आयोजक संघले १ वर्षका लागि मासिक १ हजारका दरले प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष सुवेदीले बताए । प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
तस्विर गुगल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close