सुवेदीले लिए भलिबल संघको उपाध्यक्षको सपथ, भलिबल संघलाई ढोरपाटनले दियो १ लाख

पोखरा, ११ असार । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा मनोनित कुमारराज सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् । राजधानीमा बुधवार भएको कार्यक्रममा संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सुवेदीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

सुवेदीले नेपालको राष्ट्रिय खेलको मान्यता पाएको भलिबलको विकास विस्तारका लागि आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । संघका अध्यक्ष शर्मा तथा महासचिव जितेन्द्रबहादुर चन्दले सुवेदीलाई संघमा स्वागत गर्दै उनको आगमनले भलिबल प्रेमीहरु उत्साहित भएको धारणा राखे ।

सोही अवसरमा आगामी साउन ३२ देखि नेपालमा हुने एशियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि ढोरपाटन स्र्पोट्स क्लबको तर्फबाट १ लाख रुपैयाको चेक भलिबल संघलाई हस्तान्तरण गरियो । भदौ ८ सम्म चल्ने प्रतियोगिताको लागत २ करोड ५७ लाख रुपैया रहेको नेपाल भलिबल संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close