मन्त्री गहतराजले गरे जिम्न्याष्टिक टोलीको बिदाइ

पोखरा स्पोर्टस । “पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिप”मा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ ।

अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष/महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् ।

सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धर रहेका छन् । जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङ छन् । प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान वज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशिलप्रकाश प्रधान रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा मन्त्री गहतराजले खेलाडीहरुको हौसला बढाउन मन्त्रालयले व्यवस्थापकिय कुरामा ध्यान दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close