भारत जाने व्याडमिन्टन टोलीलाई राखेप सदस्य श्रेष्ठले गरे विदाई

पोखरा स्पोर्टस । मित्र राष्ट्र भारतमा हुने व्याडमिन्टन प्रतियोगितामा सहभागी हुन जाने नेपाली व्याडमिन्टन टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सुभाष श्रेष्ठले विदाई गरेका छन् ।

यहि अक्टोबर १९ देखि २४ तारिख सम्म सञ्चालन हुने ‘इन्फोसिस फाउन्डेशन इन्डिया इन्टरनेसनल च्यालेन्ज २०२१’ मा नेपाली टोलीले सहभागिता जनाउने भएको हो । प्रतियोगितामा नेपाली पुरुष टोलीमा सुदिप सेढाई, प्रफुल महर्जन, सुनिल जोशी र प्रिन्स दाहाल रहेका छन् । यसै गरी महिलातर्फ सिमा राजवंशी, रशिला महर्जन र अनुमायाँ राईले प्रतिष्पर्धा गर्ने भएका हुन । टोलीको प्रशिक्षकमा जयन्त श्रेष्ठ रहेका छन् ।

विदाई कार्यक्रममा राखेप सदस्य श्रेष्ठले अन्तर्राष्ट्रिय व्याडमिन्टन ऐरिनामा नेपाली टोलीले सुखद नतिजा ल्याउन र अनुशासित रुपमा आफ्नो खेल पदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे । सो अवसरमा नेपाली धावक वैकुण्ठ मानन्धरले खेलाडीहरुलाई शुभकामना दिंदै खेलाडीले प्रेरणा मुलक सन्देश दिएका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय व्याडमिन्टन रेफ्रि उदय अर्याल समेत सहभागिता रहेको थियो ।

खेलाडीहरु आज नै भारतर्फ प्रस्थान गरेको राखेप सदस्य श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close