
पोखरा स्पोर्टस । दक्षिण एशियाली फुटबल संघहरुको छाता संस्था दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले नेपाली मुख्य प्रशिक्षक अव्दुल्हा अलमुताइरीलाई फाइनल खेलका लागि प्रतिवन्ध लगाएको छ ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अलमुताइरीलाई दुई अलग–अलग खेलमा ऐलो कार्ड देखाइएको भन्दै रंगशाला छिर्न समेत प्रतिवन्ध लगाइएको हो । आफूलाई लगाइएको प्रतिवन्ध प्रति प्रशिक्षक अलुमताइरीले कडा शव्दमा साफको निर्णयको विरोध गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्–“कुन नियममा रहेर साफले मलाई प्रतिवन्ध लगायो म सोध्न चाहन्छु ।” उनले आफूलाई लगाइएको प्रतिवन्ध व्यक्तिगत नभएर नेपाली मुख्य प्रशिक्षकलाई हारको मानसिकता बाट लगाइएको बताए । उनले साफले गरेको आफूमाथी अन्याय गरेको र यसका विरुद्ध अपिल गर्ने समेत बताए ।
मैदानमा आफू उपस्थित नभए पनि नेपाली टोलीको पदर्शन निकै उच्च स्तरको रहने दावी गर्दै साफले सन्तुलन मिलाउन समेत आफूलाई कारवाही गरेको हुन सक्ने बताए । उनले भारतिय प्रशिक्षक इगोर स्टिम्याक रातो कार्डका कारण मैदानमा उपस्थित हुन नपाउनु नियम संगत रहेको उल्लेख गर्दै के कारणले आफूलाई कार्वाही गरियो त्यसको जवाफ फिफा र एफसी संग समेत सोध्ने बताए । उनले मैदान भित्र हुनुपर्ने खेल वाहिर खेलेर तनाव दिन खोजिएको बताउँदै आफूलाई रंगशाला प्रवेशमा कसैले रोक्न नसक्ने बताए । उनले भने–“कार्वाही गरिए पछि म टच लाइन वा टेक्निकल टिम संग हुँदिन तर रंगशाला प्रवेश गर्न मलाई कुनै कानुनले रोक्ने छैन ।”
