
पोखरा स्पोर्टस । दक्षिण एशियाली फुटबलको महाकुम्भ मानिने साफ च्याम्पियनसिपको फाइनलमा भारत विरुद्ध नेपाल भिड्दै छ ।
साफ च्याम्पियनसिपको २८ वर्षको खडेरी तोड्दै शनिवार (आज) नेपाल फाइनलमा भिड्ने भएको हो । मालदिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनल खेल आज साँझ ८ः४५ मा शुरु हुनेछ । लिग अन्तर्गत भएको खेलमा नेपालले आफ्ना चार खेलमा दुई खेलमा जित एक वरावरी र एक खेलमा हार व्र्योहदै फाइनलमा पुगेको हो भने भारत दुई खेलमा जित र दुई खेलमा वरावरी गर्दै फाइनल यात्रा तय गरेको हो ।
आज हुने फाइनल खेल नेपालका लागि महत्वपूर्ण रहेको बताउँदै नेपाली टिम कप्तान किरण चेम्जोङले गोर्खाली झैं मैदानमा भिड्ने बताएका छन् । भारत संग लिगमा भएको हारलाई विर्सिएको बताउँदै उनले सम्पूर्ण ध्यान फाइनलका लागि भएको बताए ।
आजको फाइनल खेल नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अव्दुल्हा अलमुताइरीको समेत अन्तिम खेल हुनेछ । उनले यस अघि नै टिम छोड्ने घोषणा गरिसकेका छन् ।
तस्विरः एन्फा
