पोखरा रंगशाला देखि विन्द्ययवाशिनी सम्म खेलाडीहरुले निकाले शोभा यात्रा

पोखरा स्पोर्टस । बडा दशैं, नेपाल सम्वत, तिहार, छट, ल्होसार लगायत नेपालीहरुको विभिन्न पर्वहरुको शुभ अवसरमा खेलाडीहरुले पोखरा रंगशाला देखि विन्द्ययवाशिनी मन्दिर सम्म शोभा यात्रा निकालेको छन् ।

राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, पोखरा महानगर खेलकुद विकास समिती, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको संयूक्त आयोजनामा उक्त शोभा यात्रा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खेलाडी, विभिन्न खेलकुद संघका पदाधिकारी तथा सदस्यहरु, अभिभावकहरु समेत सहभागी थिए ।

पोखरा रंगशालाबाट निस्किएको शोभा यात्रा पृथ्वीचोक, महेन्द्रपुल, भैरव टोल हुँदै विन्द्ययवाशिनी मन्दिरमा पुगेर समापन भएको थियो । शोभा यात्रामा खेलाडीहरु आ–आफ्ना खेल पोशाकमा थिए । सडकमा रमाउँदै खेल्दै विन्द्ययवाशिनी मन्दिर पुगेर शोभा यात्रा समापन भएको जिल्ला खेलकुद कास्कीका सचिव भिम पारजुलीले बताए । शोभा यात्रामा शसस्त्र प्रहरीको मुक्तिनाथ वाहिनी अन्तर्गत रहेको व्याण्ड टोली, नेपालीहरुको पारम्परिक पञ्चेवाजा, भजन किर्तनको टोली समेत समावेश थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजशे कुमार गुरुङ, प्रदेश खेलकुदका अध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिज तेज बहादुर गुरुङ, जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बानियाँ, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार, क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।

पोखरा स्पोर्टस संग कुरा गर्दै राखेपका सदस्य राजेश कुमार गुरुङले यस प्रकारका कार्यक्रमले खेलाडीहरुमा उत्साह जगाउने बताए । उनले भने–“कोभिडका कारण खेलकुद ठप्प जस्तै बन्यो । लामो समय पछि महामारीलाई चिर्दै खेलाडीहरु मैदानमा आउने वातावरण बनेको छ । हामी नवौं राष्ट्रिय खेलकुदको तयारीमा समेत छौं । खेलाडीहरुमा उत्साह जगाउन र भाइचाराको सम्वन्ध वलियो बनाउन यो कायक्रम गरेका हौं ।”

विश्वभरी कोभिड १९ महामारीको करिव दुई वर्षको अन्तरालमा शोभा यात्रालाई निरन्तरता दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close