“पुर्वाधार निर्माण गरि खेलकुदको विकास गर्छौं”−मन्त्री गुरुङ

पोखरा स्पार्टस । गण्डकी प्रदेशभित्रका गाउँमा खेलकुदका भौतिक पुर्वाधार खेलमैदान निर्माण गरि खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदको विकास गर्ने मन्त्री गुरुङले बताएका छ्न ।

युनाइटेड युथ क्लब रिसान थालाजुङ्ग गोर्खाको आयोजनामा शुभकामना आदानप्रदान तथा खुल्ला फुटबल प्रतियोगिता कार्यक्रमको उद्घाटनमा गण्डकी प्रदेशका युबा तथा खेलकुद मन्त्री राजिब गुरुङले गाउँ–गाउँमा खेलमैदानका पुर्वाधार निर्माण गरि खेलकुदको बिकास गर्न आफ्नो लक्ष्य रहेको जनाएका छ्न । मन्त्रालयले सबै बिधाका खेलाडीलाइ प्रोत्साहन गर्ने कामभएकोले अब हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीले राम्रो नतिजा ल्याउने मन्त्री गुरुङले बिश्वास व्यक्त गरेका छ्न ।

खेलाडीहरुले उच्च मनोबलका साथ खेलकुद प्रशिक्षण निरन्तर गरे मात्र सफल हुने बताएका छ्न । उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले प्रदेशका सम्पुर्ण गाउँमा रहेका खेलमैदानको अवस्था निरीक्षण गरि भौतिक पुर्वाधार भत्केका बिग्रेका र अहिलेसम्म प्रयोगमा आउन नसकेका खेलमैदानको पुन निर्माण गर्ने जनाएका छ्न । राम्रो खेलमैदान भएपछि खेलाडीलाई प्रोत्साहन हुने हुदा खेलाडीले राम्रो नतिजा ल्याउने बताए ।

पुन निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेश भित्रका सम्पुर्ण गाउँमा बस्ने खेलाडीहरुले समेत अब प्रशिक्षण लिन आफ्नै ठाउमा पाउने मन्त्री गुरुङले बताए । गाउँ स्तरमा सन्चालन हुने साना ठुला प्रतियोगिताले नै देशमा उत्कृष्ट खेलाडी जन्माउने हुदा यस्ता प्रतियोगिता हरुले खेलाडीको आत्मबल बड्ने र उत्कृष्ट खेलाडी हरुको पहिचान समेत गर्न सहज हुने हुदा गाउँ गाउँ मा खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगितालाई अज सबै जिल्लाका धेरै भन्दा धेरै ठाउँहरुमा सन्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्य अन्तरगत मन्त्री गुरुङले प्रतियोगिता बाट उत्कृष्ट हुने खेलाडीलाई नगद रु ५ हजार दिने घोषणा समेत गरेका छ्न । कार्यक्रममा मन्त्री गुरुङले खेलका लागि आवश्यक पर्ने खेलकुद सामाग्रीहरु गोर्खा जिल्लाका विभिन्न क्लबका अध्यक्ष तथा खेलाडीलाई बितरण गरेका थिए । यसरी वितरण भएका खेलकुद सामाग्रीहरुमा फुटबल, भलिबल,नेट जाली लगाएतका सामाग्री रहेका छ्न ।

आज देखि २६ गते सम्म चल्ने फुटबल प्रतियोगितामा चितवन,काठमाडौ, लमजुङ, तनहुँ लगाएतका जिल्ला बाट २१ टिम को सहभागिता रहेको युनाइटेड युथ क्लब रिसान थालाजुङ्गका अध्यक्ष रामकुमार गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close