रहेनन सहारा युकेका महासचिव धनु पुरन थकाली

पोखरा स्पोर्टस । सहारा युकेका महासचिव तथा समाजसेवी धनु पुरन थकालीको निधन भएको छ ।

यूके अल्डरशटस्थित आफ्नै निवासमा थकालीको ५१ वर्षको उमेरमा निधन भएको सहारा युकेका उपाध्यक्ष रि.ले कुशाङ गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । केही महिना देखि विरामी रहेका उनी अस्पतालबाट तिन दिन अघि मात्रै डिष्चार्ज भएका थिए । थकालीको नेपाली समय करिव बिहिबार बिहान ११ः३० मा निधन भएको उपाध्यक्ष गुरुङले जनाए ।

सहारा यूकेका महासचिव नेपाल मुस्ताङ जिल्ला घरपझोङ–३ स्याङ निवासी हुँदै पोखरा महानगर पालिका नागढुङ्गा ९ तथा हाल यु.के अल्डरशटमा बस्दै आएका थिए ।

मिलनसार सहयोगीको रुपमा परिचित थकालीको वुवा आमा पोखरा नागढुङ्गा स्थित आफ्नै घरमा रहेका छन् भने श्रीमती, एक छोरा र एक छोरी भने बेलायतमा रहेका छन् ।

थकालीको निधनबाट सहारा यूके परिवार स्तब्ध र मर्महात भएको अध्यक्ष कुमार गुरुङले प्रारम्भिक प्रतिक्रिया जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close