पोखरामा बिहिबार हुने सडक दौडको सम्पूर्ण तयारी पुरा, ६ सय दौडिने

पोखरा स्पोर्टस । पोखरामा बिहिबार हुने ५ किमि छात्र÷छात्रा तथा १० किमि महिला तथा पुरुष खुल्ला दौड प्रतियोगितामा करिव ६ सय जना दौडिने भएका छन् ।

पोखरा महानगर खेलकुद विकास समितीले नेपालीहरुको विभिन्न पर्वहरुको अवसरमा पहिलो पटक आयोजना गरेको दौड कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समितीका अध्यक्ष दिपक बहादुर गोदारले पोखरा स्पोर्टसलाई बताएका छन् । प्रतियोगितामा महिला तथा पुरुष खुल्ला तर्फको दौडमा १ सय जना भन्दा वढीले नाम दर्ता गरिसकेको अध्यक्ष गोदारले बताए । त्यसै गरि छात्र/छात्रा ५ किमि दौडमा छात्रतर्फ ३५० र छात्रातर्फ ११५ जनाले नाम दर्ता गराए छन् ।

प्रतियोगितामा १० किमि महिला तथा पुरुषतर्फ प्रथम, द्वितिय र तृतिय हुने विजेता खेलाडीलाई क्रमश समान नगद रु १५ हजार, १० हजार र ७ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने ५ किमि छात्र/छात्रातर्फ प्रथम, द्वितिय र तृतिय हुने विजेता खेलाडीलाई क्रमश समान नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने समितीका सदस्य सचिव सुभाष खड्काले जनाए ।

विहान ठिक ७ बजे पोखरा रंगशालाबाट शुरु हुने महिला तथा पुरुष १० किमि पोखरा रंगशाला, पृथ्वीचोक, मुस्ताङ चोक, विरौटा चोक हुँदै ड्यामसाइड, राष्ट्रबैंक चोक, शहिद चोक, लेकसाईड, हल्लनचोक, जरेवर, जिरोकिमी, सिर्जना चोक, सभागृह चोक हुँदै रंगशाला पुगेर समापन हुनेछ ।

यसै गरी ५ किमि छात्र/छात्रातर्फ दौड पोखरा रंगशाला बाट शुरु भई पृथ्वीचोक, नागढुङ्गा, हर्कमेयर चोक, जनप्रिय क्याम्पस, रत्न चोक हुँदै सिर्जना चोक, सभागृह चोक हुँदै पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।

कोभिड १९ महामारीको दोश्रो लहर पछि सडक दौड आयोजना गर्न लागिएको बताउँदै पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष गोदारले प्रतियोगिता सफल बनाउन सबै संग आग्रह गरेका छन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, कास्की जिल्ला एथलेटिक्स संघ, नेपाल भुतपूर्व खेलाडी मञ्च, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की लगायत अन्य संघ संस्थाको समन्वयमा हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close