जुनियर टेनिसमा सहभागी हुन कास्कीको टोली काठमाडौ तर्फ

पोखरा स्पोर्टस । काठमाडौमा आयोजना हुने जुनियर टेनिस टुर्नामेन्ट–२०२१ (जेटिआई जुनियर)मा सहभागी हुन कास्कीको जुनियर टेनिस टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

काठमाडौमा असोज २० गते बाट शुरु हुने उक्त प्रतियोगितामा ७ सदस्यिय टोली त्यस तर्फ प्रस्थान गरेको हो । उक्त प्रतियोगितामा नेहाल जङ्ग थापा, द्रसिल श्रेष्ठ, शाश्वत बज्राचार्य, श्रेया भट्टराई, सुदिप भट्टराई, आर्यन्स राज पौडेल र स्पन्दन उदास सहभागि हुने कास्की जिल्ला टेनिस संघले जनाएको छ । उनीहरुले जुनियर तर्फको विभिन्न उमेर समुहमा सहभागिता जनाउने छन् ।

टोली काठमाडौ प्रस्थान गर्नु अघि कास्की जिल्ला टेनिस अभिभावक संघका अध्यक्ष गौतम उदास, कास्की जिल्ला टेनिसका प्रथम उपाध्यक्ष राजु गुरुङ र द्वितिय उपाध्यक्ष नविन चालिसेले विदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close