
पोखरा,
नेपाली यूथ एथलेटिक्स टोलीको नेतृत्व गर्दै जापान गएका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले मंगलबार जापान स्थित कोमागाने मेयर कोजी सुगोमोतो संग शिष्टाचार भेट गरेका छन ।

सो अबसरमा कोमागाने मेयर सुगोमोतोले पोखरा र कोमागानेको १८ वर्ष अघि स्थापना भएको दुई शहर बिचको भगिनी सम्बन्धका बारेमा चर्चा गर्दै सम्वन्धलाई अझै दिगो बनाउने बताएका छन ।
कोमागाने मेयर सुगोमोतोले पोखरा संगको सांस्कृतिक लगाएत अन्य सम्वन्धका साथै अब खेलकुद मार्फत समेत सम्वन्धलाई अगाडी बढाउने बताए । पोखराका पूर्व मेयर कृष्ण थापा र बर्तमान मेयर मान बहादुर जिशी मार्फत सम्वन्धलाई अझै बलियो र दिगो बनाउने विषयमा आफूले सकारात्मक भूमिका खेल्ने मेयर सुगोमोतोले बताए ।

कोमागाने शहरमा यहि सेप्टेम्बर २९ मा हुने कोमागाने म्याराथनका बिजेतालाई २०७६ फागुन ३ गते हुने १४ औं संस्करणको पोखरा म्याराथनमा सहभागिता गराउने मेयर कोमागातेले प्रतिवद्धता जनाएको उपाध्यक्ष गुरुङले जानकारी दिएका छन ।
पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मंचका अध्यक्ष समेत रहेका गुरुङले कोमागाने मेयर सुगोमोतेलाई मंचको तर्फ बाट पोखरा म्याराथन प्रशंसा पत्र हस्तान्तरण गरेका छन । अध्यक्ष गुरुङले दुई शहरलाई खेलकुदका माध्यम द्वारा मेयर कोमागातेले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रंशसापत्र प्रदान गरेका हुन ।

त्यसै गरि उनले एनओसीका तर्फ मेयर कोमागाते, उपमेयर मासारु होरिउची र तिन पटक ओलम्पिकमा सहभागिता जनाएका जापानी धावक ओलोम्पियन शिन्जी आओतोलाई नेपालका तर्फ बाट मायाको चिनो प्रदान गरेका छन ।
ओलोम्पियन तथा चुक्यो विश्वविद्यालयका खेल प्रशिक्षक शिन्जीले नेपाल बाट प्रशिक्षणका लागि पुगेका यूवा धावकहरुलाई एक साता सम्म प्रशिक्षण दिनेछन । नेपाल बाट प्रशिक्षणमा सहभागी १९ वर्ष मुनिका खेलाडीमा कल्पना श्रेष्ठ, जयरानी चौधरी, माधव चौधरी र खिल बहादुर कार्की रहेका छन । सहभागी खेलाडी मध्ये जयरानी विभगिय टोली नेपाल आर्मी र खिल बहादुर नेपाल पुलिसका हुन । टोलीको प्रशिक्षकमा राकेश बज्रचार्य रहेका छन ।

नेपाली टोलीले यहि शनिवार जापान स्थित चुक्यो विश्विद्यालयमा हुने आन्तरिक प्रतियोगितामा समेत सहभागिता जनाउने छन । उनीहरुले १००, ४००, ८०० मिटरको दौड र लङजम्पमा सहभागिता जनाउने छन ।
जापान पुगेको नेपाली टोलीलाई कोमागाने महानगरका नाजु हाराहितो र याजावा कुनियाकीले सहजिकरण गरेको जनाइएको छ ।
