राष्ट्रिय फुटसल लिगः ढुकु रेलिगेसनबाट जोगियो

पोखरा स्पोर्टस । पोखरामा जारी राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा काठमाडौको ढुकु फुटसलले लुम्बिनी फुटसललाई ५–२ ले पराजित गर्दै आफ्नो हारको सिलसिला समाप्त गरेको छ।

बिहिबार सम्पन्न खेलमा लुम्बिनी फुटसललाई हराउँदै ढुकु फुटसल हव रेलिगेसनबाट जोगिएको हो । ढुकुले लुम्बिनीलाई ५–२ गोल अन्तरले हराउँदै जित हात पारेको छ । ढुकुको जितमा विक्रान्त नरसिंह राना र प्रसिद्ध मगरले २–२ तथा अभय रानाले १ गोल गरे । जितसंगै ढुकुको ७ खेलबाट ७ अंक रहेको छ ।

अंक तालिका

त्यस्तै अर्को एक खेलमा धरान र राइजिङ क्लव विच भएको खेलमा फुटसल ५ विजयी भएको छ । खेलमा द राइजिङ क्लब धरानलाई फुटसल ५ धरानले ७–५ गोल अन्तरले हराएको छ । खेलमा अग्रता भने राइजिङले लिएको थियो । खेलको चौथो मिनेटमा सुदिप गुरुङले गोल गर्दै अग्रता दिलाए । उनले ८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

फुटसल ५ का विजय श्रेष्ठले १७ औँ मिनेटमा गोल गर्दै अग्रता घटाए । उनले २० औँ मिनेटमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । २० औँ मिनेटमा दोर्जे तामाङले गोल गरे । पहिलो हाफमा ३–२ को अग्रता लिएको राइजिङ दोस्रो हाफमा भने सम्हालिन सकेन । २४ औँ मिनेटमा मिलन राइले गोल अग्रता दिलाए ।

उता फुटसल ५ ले ४ मिनेटमा पाँच गोल गर्दै जित हात पार्‍यो । फुटसल ५ का सरोज तामाङले २ मिनेटमा ह्याट्रिक गरे । उनले खेलको ३५ औं मिनेटमा १ तथा ३६ औँ मिनेटमा २ गोल गरे । रन्जित गुरुङले ३७ तथा प्रवेश जोशीले ३८ औँ मिनेटमा गोल गरे । राइजिङका लागि २९ औँ मिनेटमा हेमन्त थापा मगरले गोल गरे । खेलमा २ वटा रातो कार्ड समेत देखाइयो । राइजिङका कप्तान एवम् गोलरक्षक सचिन श्रेष्ठले खेलको १९ औँ मिनेटमा रातो कार्ड पाए भने फुटसल ५ का कप्तान सन्दिप कार्कीले दोहोरो पहेँलो कार्ड खादैँ मैदान बाहिरीए ।

राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले रेफ्रीको सिकारमा आफूहरु सुरुदेखि नै परिरहेको प्रतिक्रिया दिए । उनले अनावस्यक रुपमा खेलाडीलाई कार्ड दिनु गलत रहेको बताए । फुटसल ५ का प्रशिक्षक विश्वास लामाले केहि निर्णबाट आफूहरुपनि आक्रोशित भएपनि पछि आफूहरुलाई कारण बताएपछि चुप भएको प्रतिक्रिया दिए । उनले आगामी यात्रा निकै कठिन भएको जानकारी दिए ।

खेलमा विवाद केही वेर रोकियो खेल
राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तरगत बिहिबार द राइजिङ क्लब धरान र फुटसल ५ धरानको बिच खेल चलिरहँदा रेफ्रीले गलत निर्णय दिएको भन्दै विवाद भएको छ । पहिलो हाफ सकिन केहि मिनेटमात्रै बाकि रहँदा राइजिङका गोलरक्षकलाई रातो कार्ड दिएपनि विवाद भएको हो । विवादका कारण करिब १० मिनेट भन्दा बढि खेल समेत रोकिएको थियो ।

पहिलो हाफको १९ औँ मिनेटमा विजय श्रेष्ठले लामो प्रहार गर्दा राइजिङका गोलरक्षक एवम् कप्तान सचिन श्रेष्ठले जम्पगर्दै बल क्लियर गरेर ल्याण्ड गर्नेक्रममा धरानका रन्जित गुरुङलाई घुडाँले लागेपछि सोझै रेडकार्ड दिएका थिए । यस अघि समेत १८ औँ मिनेटको खेल चलिरहँदा फुटसल ५ का कप्तान सन्दिप कार्कीले अचानक पहेँलो कार्ड पाए । यस अघि समेत पहेँलो कार्ड पाएका कारण दोहोरो पहेँलो कार्डपछि निर्णायकले उनलाई रेडकार्ड देखाएका थिए ।

लामो विवाद पछि पुन खेल सुचारु गरिएको थियो । तर, आयोजकले पनि आन्तरिक रुपमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close