राखेपमा शोक सभा

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषदमा कार्यरत सुरक्षा गार्ड यज्ञ प्रसाद ढुङ्गानाको निधनमा राष्ट्रिय खेलकुद परिषदमा बिहिबार शोक सभाको आयोजना गरिएको छ ।

शोक सभाका क्रममा मृत आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण गरिएको थियो । सो अवसरमा राखेप सदस्य सम्पन्न श्रेष्ठले राखेपको तर्फबाट स्वर्गिय ढुङ्गानाको तस्विरमा माल्यापर्ण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका थिए भने परिषद्का बोर्ड सदस्य गोविन्द भट्टराई, सुभाष श्रेष्ठ, मानदेव हजारा लगायत परिषद्का विभागिय प्रमुख, कर्मचारी लगायतले ढुङ्गानाको तस्विरमा फुल अविर चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्व. यज्ञ प्रसादको हिजो राती हृदयघातका कारण निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close