नेपाली कुस्ती टोली नर्वे जाँदै, एनओसी अध्यक्षले श्रेष्ठले गरे विदाई

पोखरा स्पोर्टस । नेपाली कुस्तीको चार सदस्यिय टोली नर्वे जाने भएको छ ।

यहि अक्टोवर २ देखि १० सम्म नर्वेको राजधानी ओस्लोमा आयोजन हुने ‘सिनियर वर्ल्ड रेस्लिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन त्यस तर्फ जान लागेको हो । दुई खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक सहित नर्वे जान लागेको टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले विदाई गरेका छन् ।

नेपाल कुस्ती सघंको महासचिव साहिल अन्सारीको नेतृत्वमा नर्वे जाने टोलीमा खेलाडीहरुमा सुमिर कुमार साह र सुरेश चुनारा तथा प्रशिक्षक धरमराज यादव रहेका छन् । सुमिर कुमार साहले ९७ र सुरेश चुनाराले ७४ केजी तौलमा भाग लिने संघले जनाएको छ ।

विदाई कार्यक्रममा नेपाल मुस्लीम आयोगका अध्यक्ष तथा नेपाल कुश्ती संघका उपाध्यक्ष समिम मियाँ अन्सारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकरी र्निदेशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष अशोक बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ तथा सदस्यहरु राम अवाले र रमेश प्रसाद शिवाकोटीको समेत सहभागिता रहेको एनओसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close