एसियन यु–१४ र्‍याङकिङ टेनिस : आयुशमान र सक्षमलाई स्वर्ण

पोखरा स्पोर्टस । नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं/एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट– १ को ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा आयुश र सक्षमको जोडीले नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् । पहिलो सेट ६–४ ले जितेका आयुश र सक्षमले दोश्रो सेटमा भने राजविर र दर्शिलको जोडीले कम व्याक गर्दै ४–६ ले आफ्नो पक्षमा पारे तर अन्तिम सेट १०–६ ले जित्दै आयुश र सक्षमले स्वर्ण पदक हात पारे ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्समा नेपालकी प्रशंसा मोक्तानले नेपालकी इभा अधिकारीलाई ६–१ र ६–१ को सोझो सेटमा हराउदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा प्रशंसाको भेट सुनिरा थापासंग हुने छ । सुनिराले बुधबार नै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।

ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबु र नेपालका सक्षमविक्रम शाहले फाइनल भिडन्त निश्चित गरे । सिद्धार्थले नेपालका दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ७–५ तथा सक्षमले नेपालका आयुशमान हजुर घलेलाई ४–६, ६–३ र ६–४ को सेटमा पाखा लगाए । ब्वाइज र गर्ल्स सिंगल्सको फाइनल शुक्रबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close