अरुणा जिताउँ अभियान अन्तर्गत भएको भलिवलमा लिग चरणका समिकरण पुरा

पोखरा स्पोर्टस । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी नेपाल भलिवल टिमकी कप्तान अरुणा शाही जिताउँ अभियान अन्तरगत भएको पुरुष भलिवलतर्फको लिग चरणको समिकरण पुरा भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघ र जिल्ला भलिवल संघको आयोजनामा भएको पुरुष भलिवलको उद्घाटन खेलमा वागलुङले कास्कीलाई सोझो सेटमा पराजित सेमीफाइनलमा प्रवेश गरेको छ । वागलुङले कास्कीलाई २५–२२, २५–१९ र २५–१६ ले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो ।

यसै गरि सम्पन्न प्रतियोगिताबाट स्याङजा, वागलुङ, पर्वत र नवलपुर सेमीफाइनलमा प्रवेश गरेका छन । यस अघि सम्पन्न लिगचरणका खेलमा पर्वतले वागलुङलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने पर्वतले दोश्रो खेलमा कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको रेफ्रि संयोजक तहल सिंह थापा मगरले जनाएका छन ।

त्यस्तै सम्पन्न लिग चरणमा स्याङजाले नवलपुरलाई ३–१ को सेटमा पराजित गरेको थियो । भोली शनिवार हुने सेमीफाइनलमा पर्वतले नवलपुर सँग तथा स्याङजाले वागलुङ सँग सेमीफाइनलमा भिड्ने भएको आयोजक नेपाल भलिवल संघका केन्द्रिय सदस्य राजकुमार गुुरुङले पोखरा स्पोर्टसलाई बताए ।

कोभिड महामारीको लामो अन्तराल पछि भएको पुरुष भलिवल प्रतियोगिताको उद्घाटन खेलप्रेमी तथा युवा व्यवसायी गोविन्द थापा मगरले उद्घाटन गरेका थिए । उनले अरुणा जिताउँ अभियानमा आर्थिक सहयोग समेत गरेका छन ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद सदस्य सुवास श्रेष्ठ, नेपाल भलिवल संघका महासचिब जितेन्द्र चन्द, संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङ लगाएत विभिन्न खेल संघका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रम पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष छ्याम बहादुर थापाको अध्यक्षतामा भएको थियो ।

शनिवार पोखरा रंगशाला पुरुष तर्फको सेमीफाइनल र फाइनलका खेलहरु सञ्चालन हुनेछन भने एपिएफ र न्यू डायमण्ड विच महिला टिमको पदर्शन खेलहुने संघका सचिव डिवी नेपालीले जानकारी दिएका छन । जारि खेलमा विभिन्न महानुभावहरुले अरुणा जिताउँ अभियानमा आर्थिक सहयोग गरेको भए पनि त्यो सवै एक कार्यक्रमका विच सार्वजनिक गर्ने संघका सल्लाहाकार नारायण प्रसाद शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close