पोखराको भिन्तुना क्लवले हक्की टिम गठन गर्‍यो

पोखरा स्पोर्टस । पोखरामा रहेको भिन्तुना क्लवले हक्की टिम गठन गरेको छ ।

पोखरा वडा नं ३ मा रहेको भिन्तुना क्लवले युवाहरुलाई हक्की खेलतर्फ आकर्षित गर्न हक्की टिम गठन गरेको कास्की जिल्ला हक्की संघका अध्यक्ष राजन श्रेष्ठले जनाएका हुन । गठित टिमको कप्तानमा पिताम्वर थापा रहेका छन । यसै गरी क्लवले केही खेलाडीको नाम समेत घोषणा गरेको छ । जस अनुसार हेमन मगर, अशिम ठकुरी, खिम थापा, कुञ्जन थापा, सुजन विक, युनिश गुरुङ र सागर थापा रहेका छन ।

यसै गरी टिमको म्यानेजरमा मनिष सुवाल रहेका छन । सुवालले हक्की खेलको विकासका लागि क्वलले हक्की खेललाई रोजेको जनाउँदै यसरी नै अन्य क्लवहरुले हक्की खेलको विकासका लागि अघि वढ्नुपर्ने पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close