राष्ट्रिय क्यूकोशिन कराँतेमा शुष्मी बनिन च्याम्पियन

पोखरा स्पोर्टस । काठमाडौमा सम्पन्न राष्ट्रिय क्यूकोशिन कराँते च्याम्पियनसिपमा कास्कीकी शुष्मी श्रेष्ठले खुल्ला तौल तर्फ च्याम्पियन बनेकी छन् ।

शनिवार साँझ भएको फाइनलमा क्यूकोशिन बुदोकाई कराँतेकी चन्दा भुजेललाई नक आउटका आधारमा पराजित गर्दै शुष्मीले च्याम्पियन बनेकी हुन । उनले सेमीफाइनलमा करिष्मा कार्कीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको उनका प्रशिक्षक दिपक बहादुर गोदारले पोखरा स्पोर्टसलाई बताए । उनले समग्र प्रतियोगितामा आफ्ना दुई प्रतिष्पर्धी संग वाई पाइन भने अन्य खेलाडीलाई नक आउटका आधारमा पराजित गरेकी हुन । महिला खुल्लातर्फ १२ जना महिला खेलाडी सहभागी थिए । उनले फाइनलको यात्रा तय गर्दा ५ जना खेलाडी संग प्रतिष्पर्धा गरेकी थिइन ।

छैटौं र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता शुष्मी आठौं राष्ट्रियमा काश्य पदक जितेकी थिइन । कोभिड १९ को लामो अन्तराल पछि काठमाडौमा सम्पन्न राष्ट्रिय क्यूकोशिन कराँते च्याम्पियनसिपले नवौं राष्ट्रियमा गण्डकी प्रदेशका लागि एक पदक शुरक्षित हुने संकेत प्राप्त भएको प्रशिक्षक गोदारले बताए । फाइनलमा फाइटका क्रममा शुष्मीले खुट्टामा चोट बोकेको उनले बताए ।

पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष समेत रहेका गोदारले शुष्मीलाई जितका लागि बधाई दिंदै कोभिड १९ मा भएको लकडाउनमा समेत नियमित अभ्यासमा रहेको कारण उनले पदक प्राप्त गर्न सफल भएको बताए । उनले भने–“शुष्मी निकै मेहनत गर्ने खेलाडी हुन उनीबाट अन्य खेलाडीले आत्मसाथ गर्न आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close